Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली

२४ असाेज काठमाडौँ सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रबार आयोजित अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुु¥याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताउनुभयो […]

भ्रष्टाचाररहित, सुशासनको बाटो समातेका छौं : प्रधानमन्त्री ओली

२३ असोज काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य प्रणालीलाई भ्रष्टाचाररहित बनाउन प्रयास भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शोषणरहित प्रजातन्त्रको बाटो समातेको बताएका हुन् । “हामीले कम्प्रेहेन्सिभ डेमोक्रेसीको बाटो समातेका छौं । भ्रष्टाचाररहित, सुशासनको बाटो समातेका छौं,” प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, “विकासको बाटो हामीले समातेका छौं […]

सरकारले भन्यो , ‘दशैँमा फोनबाटै आशीर्वाद लिऔँ, पुरानै कपडा लगाऔँ’

२३ असोज  काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँमा फोन तथा अनलाइनको माध्यमबाट आफन्तजनको आशीर्वाद दिन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत दशैँमा टिका थाप्‍न जाँदा कोरोना संक्रमण फैलिने जोखिम रहेको बताएका हुन्। ‘कोरोनाका कारण मान्यजनबाट आशीर्वाद अनलाइन र फोनबाट लिऔं,’ गौतमले भने, ‘संयमित भएर चाडपर्व मनाऔँ। भीडभाड नगरौँ। […]

प्रधानमन्त्रीलाई कांग्रेसको गम्भीर प्रश्न : के डा. केसीलाई कात्रो पठाउने तयारी हो ?

२१ असाेज काठमाडौँ – नेपाली कांग्रेसले चिकित्सा शिक्षा र सेवा सर्वसुलभको माग गर्दै २४ दिनदेखि आमरण अनसन बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ स्थिति जटिल हुँदा समेत सरकारले वार्ता नगरी कात्रो पठाउने तयारी गरेको हो भनी प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रश्न गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ प्रधानमन्त्रीलाई महंगो […]

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौँ : मन्त्री भट्टराई

२१ असोज  काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आउनुभएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भन्नुभयो, “कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः […]

सरकारले भन्यो, ‘दसैँमा जहाँ छौँ, त्यही बसौँ, आर्शिवाद बचाऔँ’

२१ असोज काठमाडौँ – सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अरु जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा रहेपनि काठमाडौँमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको उल्लेख गरे  । ४० लाख […]

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव २ तिहाइ बहुमतले पारित

 २० असोज  काठमाडौं – प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने पक्षमा २ तिहाइ बहुमत प्राप्त भएको छ । प्रदेश सभामा आज भएको मतदानमा भालुवाङको प्रस्तावमा ६९ सांसदको मत परेको छ । त्यस्तै बिपक्षमा १३ सांसदले मत परेको छ । यो सँगै प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।

नेकपा सचिवालयको बैठक बस्दै

२० असोज काठमाडौं – तीन दिनदेखि लगातार स्थगित भएको नेकपा सचिवालयको बैठक आज बस्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटभएपछि स्थगित भएको बैठक बोलाउने निर्णय गरिएको हो । दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल गर्दै अपराह्न चार बजे बैठक बोलाउने निधो भएको थियो । पूर्वअर्थमन्त्री […]

राजधानी सार्ने प्रस्तावको विरोधमा नेकपाका २ हजार कार्यकर्ताद्वारा सामूहिक राजीनामा

 २० असोज काठमाडौँ  –  प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका ३५ संस्थामा आबद्ध २ हजार २४९ जना पार्टी सदस्यले पार्टी परित्यागको घोषणा गरेका हुन् । बुटवलमा आज पत्रकार सम्मेलन आयोजना गर्दै रुपन्देहीस्थित सक्रिय सामाजिक सस्था तथा संघसंगठनका सदस्य […]

कुर्सी फुटाउने सांसदलाई कांग्रेसले कारवाही गर्ने

२० असोज काठमाडौं – नेपाली कांग्रेसले प्रदेश ५ का सांसदहरुले गरेको कुर्सी तोडफोड पार्टीको नीति र संस्कृति विपरित भएको जनाएको छ। साथै कांग्रेसले कुर्सी तोडफोडमा संलग्न सांसदलाई कारवाही गर्ने संकेत गरेको छ। प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट सांसदहरुले कुर्सी तोडफोड गरेका […]