Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

वामदेव गौतमको मुद्दा फेरि हेर्दाहेर्दैमा, बुधबार मात्रै सुनुवाइ हुने

१६ असोज काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिटलाई फेरि पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सुनुवाइका केही प्रक्रिया अझै बाँकी नै रहेकोले शुक्रबार पनि गौतमको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । गौतमसँग सम्बन्धित रिटमा अब बुधबार मात्रै […]

अनसन फिर्ता लिएर कोरोना संक्रमणविरुद्धको लडाईंमा जोडिन डा.केसीलाई सरकारको आग्रह

१५ असोज काठमाडौं – सरकारले विभिन्न माग राखेर अनसनमा बस्नुभएका डा।गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । बिहीबार (आज) सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा.केसीलाई अनसन तोड्न आग्रह गर्नुभएको हो । मन्त्री ज्ञवालीले चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले कोरोना संक्रमणबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिररहेका समयमा अनशन, सत्याग्रह, […]

युवराज खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

१५ असोज काठमाडौँ — सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् । मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका […]

वामदेवको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार फेरि सुनुवाइ

१४ असोज काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ । बुधबार बहस गर्दा गर्दै समय सकिएकाले पर्सी शुक्रबारसम्मका लागि सुनुवाइ लम्बिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार रिट निवेदक र विपक्षी दुवै […]

अमेरिकामा प्रतिमिनेट र हाम्रो देशमा प्रतिदिन बराबर संख्यामा बलात्कार हुन्छ : गृहमन्त्री थापा

१४ असोज काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले विश्वका अन्य देशको तुलनामा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको बताउनुभएको छ । उहाँले सोमबार (आज) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विश्वका सवा दुई सय देशको अवस्थालाई विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको बताउनुभएको हो । त्यस्तै, उहाँले नेपालमा प्रत्येक दिन ६र७ वटा बलात्कारको घटना […]

सरकार विरुद्ध सडकमा उत्रिने देउवा समुहको तयारी

१४ असोज  काठमाडौं। नेपाली कांग्रेस पार्टीको आगामी असोज १९ गते तय भएको केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने बारे धारणा बनाउन आज सभापति शेर बहादुर देउवा समुहको बैठक बुढानिलकण्ठमा बसेको थियो। उक्त बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेल बुझाएको ज्ञापनपत्रको बारेमा बुदागत रुपमा छलफल गरी १९ गते बस्ने केन्द्रीय समितिमा स्पष्ट पर्ने निर्णय गरिएको छ । बैठकमा […]

वामदेवको योग्यतामाथि उठेको प्रश्‍न सुनुवाइका गठन भयो संवैधानिक इजलास

१४ असोज  काठमाडौं – राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम विरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावी गर्दै छुट्टाछुट्टै रिट हालेका थिए  । अब गौतम विरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको […]

ओली र प्रचण्डका आ-आफ्नै दाउपेच

१४ असोज  काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगातार छलफलमा जुटे पनि मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तय हुन सकेको छैन। उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउने विषयमा छलफल हुँदै आएको छ। बिहीबारदेखि मंगलबारसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको घन्टौंको छलफलमा दुवै पक्षले […]

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

१३ असोज  काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।   सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका सङ्घीय सांसदसँगको आजको भेटमा उहाँले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताउनुभयो । सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु […]

कांग्रेसमा दौडधुपः पौडेल पक्ष मोर्चाबन्दीमा, सिटौला मिलाउँदै

१२ असोज  काठमाडौं – नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ । कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू विधानविपरीत पार्टीभित्र हरेक निर्णयमा मनोमानी गरेको भन्दै सभापति देउवालाई गलाउने रणनीतिसहित अघि बढेका हुन् । […]