समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । आजको बैठकले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा उच्चस्तरीय जाँचबुझ आयोग गठनको निर्णय गर्ने बताइएको छ । गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई युवकको मृत्यु भएको थियो […]
नेपालमा पहिलोपटक प्रजनन उपचारका लागि इन्दिरा आईभीएफ केन्द्रको स्थापना
भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ । भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफ आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको छ। नेपालमा एउटा केन्द्र स्थापना गर्ने निर्णय यस क्षेत्रका धेरै […]
पारिवारिक मूल्यमान्यता सम्बन्धि एक दिवसीय गोष्ठी मधुवन नगरपालिकामा सम्पन्न
१५ मंसिर, काठमाडौँ-बर्दियाको मधुवन नगरपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता तथा नयाँ नेतृत्वको ढाँचा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपाल र मधुवन नगरपालिकाको संयुक्त आयोजनामा सम्मन्न ठोष्ठीमा ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, विद्यालयका शिक्षक, बुद्दिजिवी र समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमा फेमिलि पीस एसोसिएशन नेपालका महासचिव निरञ्जन […]
विश्व जेष्ठ नागरिक दिवसको अवसरमा फोटो प्रदर्शनी
१४ असोज, काठमाडौँ– राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो । प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको […]
पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु
१३ भदौ, पाल्पा । पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा तीन जनाको ज्यान गएको छ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेको प्रहरी जनाएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० […]
अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन: प्रधानमन्त्री दाहाल
१२ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्रीमाथि नै अनुसन्धान गर्नु पर्ने भए पनि छोड्न आवश्यक नभएको बताएका छन् । मंगलबार संघीय संसद्मा भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका दाबी समेत गरे । प्रधानमन्त्री दाहालले दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन […]
मन्टेश्वरी प्रि–स्कुलहरुको वृहत भेला सम्पन्न
काठमाडौँ । मन्टेश्वरी प्रिस्कुलहरुको केन्द्रिय संस्था मन्टेश्वरी एसोसीएसन नेपालको आयोजनामा मन्टेश्वरी वृहत भेला (पोखरा २०८०) भाद्र ९ गते पोखराको होटेल रानीबन आर्केड्मा सम्पन्न भएकोछ । सो भेलामा पूर्व झापादेखी पश्चिम बाँके गरी १२ जिल्ला कार्य समितिका पदाधिकारीहरु र स्कुल सञ्चालकहरुको सहभागीता रहेको थियो । हाल मन्टेश्वरीको नाममा विकृति फैलीरहेको, तालिम तथा मन्टेश्वरी पठन सामाग्री नभएको […]
भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण
६ भदौ, काठमाडौँ – भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने […]
कपनका स्थानीय र काठमाडौँ महानगरबीच झडप
काठमाडौँ-काठमाडौँ महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् । काठमाडौँ–१० र बूढानीलकण्ठ–७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो । नगरप्रहरी पुग्नासाथ स्थानीय भेला भएर आफूहरूसँग […]
त्यो मान्छे छिटै आउदै छ है
२२ पुस काठमाडोँ-भुपेन्द्रबहादुर भण्डारी (अनुराग)को डेव्यू निर्देशनमा निर्मित त्यो मान्छे… बोलको म्युजिक भिडियो अर्को साता रिलिज हुने भएको छ । जनसवाल मिडिया प्रालिको उत्पादन उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याउन लागेको हो । नयनसिंह क्षेत्रीका शब्दलाई नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले स्वर भरेका हुन् । भिम विसीले संगीत भरेको गीतमा […]



