समाचार
झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङ्घीय बजेट
१८ जेठ, काठमाडौँ – झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई […]
आज चीनबाट नौ लाख डोज भेरोसिल खोप ल्याउदै
१८ जेठ, काठमाडौँ – चीनले अनुदानमा दिएको कोभिड(१९ विरुद्धको खोप भेरोसिलको नौ लाख डोज आज नेपाल आइपुग्न लागेको छ। चिनियाँ खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज आइतबार राति बेइजिङ गएको थियो। आज आठ लाख डोज खोप बोकेर बेइजिङबाट नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं पुग्दैछ। दिउसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नेपाल वायु सेवा निगमले जनाएको […]
बर्दियामा फेरि बाघको आक्रमणबाट एक महिलाको मृत्यु
१८ जेठ, काठमाडौँ – बर्दियामा बाघले फेरि मानिसको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन नगरपालिका-५ की नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो। ७५ वर्षीया नन्दकला सोमबार दिउँसो घर नजिकैको जंगलमा निहुरो टिप्न भनेर गएकी थिइन्। धेरै समयसम्म उनी घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले खोजी गर्दा […]
अत्यावश्यक काम नपरि हिँड्नेलाई दिनभरि होल्ड, १ सय देखि २ सय जरिवाना
१८ जेठ, काठमाडौँ – काठमाण्डौमा अत्यावश्यक काम नपरि हिँड्ने र पास नबोकी हिँड्नेलाई जरिवाना तिराउन थालिएको छ । अहिले हरेक दैनिक एक हजार जना कारबाहीमा पर्ने गरेका छन् । कोभिड सम्बन्धी अध्यादेशमा निषेधाज्ञा पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुने भनिएको थियो । मास्क नलगाइ सार्वजनिक ठाउँमा आवतजावत गरेमा […]
कोरोना कहर : छाक टार्न समस्या
१७ जेठ, काठमाडौँ – सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराबाट तीनवर्ष अगाडि सुर्जा केसी पति सहित काम गर्न कञ्चनपुरको महेन्द्रनगर झर्नुभयो । उहाँले यहाँको बसपार्कमा सानो होटल व्यवसाय सञ्चालन गरेर जिविकोपार्जन गर्र्दै आउनुभएको थियो । कोरोना जोखिमले गतर्ष लकडाउन भयो । उहाँलाई जीवन गुजार्न समस्या भयो । उहाँ अहिले लकडाउनमा साइकलमा तरकारी बेचेर परिवारको छाक टार्दैछिन् […]
अवैध लागूऔषध सहित कैलालीबाट दुईजना पक्राउ
१७ जेठ, काठमाडौं– कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपलिका–१ गौनिया बस्ने २८ वर्षीय गणेश कोली र सोही नगरपालिका–२ रजवारा बस्ने ३२ वर्षीय मनोज मल्ल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प ८६४७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी […]
उपत्यकामा थप १ हजार २ सय ६३ जना कोरोना संक्रमण
१७ जेठ, काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८ सय ९० जना, भक्तपुरमा १ सय २१ जना र ललितपुरमा २ सय ५२ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना […]
अघिल्लो वर्ष भन्दा यस वर्षको मनसुन खतरायुक्त हुने
१७ जेठ काठमाडौँ – राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्नसक्ने बताउनुभएको हो । उहाँले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने […]
भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी
१७ जेठ एजेन्सी – कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको […]
जेठ २४ गतेसम्मका लागि बाँकेमा निषेधाज्ञा लम्ब्याइयो
१७ जेठ, काठमाडौं– जिल्ला प्रशासन कार्यालय बाँकेले बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याएको छ । कोरोना संक्रमणको चेन ब्रेक तथा रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा लम्ब्याइएको प्रशासनले जनाएको छ । बाँके प्रशासनले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि […]



