Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

भैँसीमा भ्यागुते रोगको प्रकोप

१९ जेठ, काठमाडौं– बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जबाट खटिएको पशु चिकित्सकको टोलीले भ्यागुते रोगको पहिचान […]

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा आगलागी, क्षतिको विवरण आउन बाँकी

१९ जेठ, काठमाडौं– चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । देवचुली नगरपालिका २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान आगलागी भएको हो । प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेले जानकारी दिनुभयो । […]

एसओएस सुर्खेतकी ‘आमा’ पीडित

१९ जेठ, काठमाडौँ – टुहरा बालबालिकाको क्षेत्रमा बिगत चार दशकभन्दा लामो समयदेखि कार्यरत संस्था एसओएस बालग्राम सुर्खेतमा कार्यरत महिला कर्मचारीमाथि राष्ट्रिय निर्देशकसमेत मिलेर शोषण र दमन चलाएका छन् । विगत १० वर्षदेखि आमा पदमा कार्यरत यसोदा महतले सोमबार नेपाल समाचारपत्रलाई भन्नुभयो, ‘मानसिक र शारीरिक दुवै प्रकारको शोषण र दमनमा छौं, कसैसँग बोल्न दिइन्न, रातविरात भन्न […]

दरबार हत्याकाण्डको २० वर्ष पूरा

१९ जेठ, काठमाडौँ – नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो । उक्त हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको हो । नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी […]

आज लुम्बिनी प्रदेशको बजेट अधिवेशन शुरु हुँदै, विपक्षी दलले मुख्यमन्त्रीको राजीनामा माग्ने

१९ जेठ, काठमाडौँ – लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन (आठौँ अधिवेशन) आजदेखि शुरु हुँदैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । यस वर्ष कोरोना नियन्त्रण तथा कोरोनाले पारेको आर्थिक मन्दीलाई चलायमान बनाउन बजेटले […]

झाँक्रीको प्रश्न- राष्ट्रपतिको कदम समानान्तर सत्ताको अभ्यास त होइन ?

१९ जेठ, काठमाडौँ – अध्यक्ष केपी शर्मा ओली पक्षद्वारा नेकपा एमालेबाट निष्काशित नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर सत्ताको अभ्यास शुरु गर्नुभएको हुन् कि भनेर आशंका व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन अनुरोध गर्दै मित्र राष्ट्रका प्रमुखलाई धमाधम पत्राचार गर्न थाल्नु भएपछि नेतृ झाँक्रीले उहाँप्रति आशंका व्यक्त गर्नुभएको […]

नेपाल समूहप्रति ओली नरम

१९ जेठ, काठमाडौँ – नेकपा एमालेले पार्टी एकता बचाउन थप लचकता अपनाउने भन्दै निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको एमालेले एकता बचाउने थप प्रयास भन्दै पछिल्लोपटक स्पष्टीकरण सोधिएका थप १२ जना नेताहरूमाथि भने कारबाही नगर्ने नीति लिएको छ […]

भक्तपुरबाट मानिस हराएको सूचना !!!

१९ जेठ, बाठमाडौँ – हेटौंडा मनहरी – ४, घर भई हाल भक्तपुर बोडे चार दोबाटोमा डेरा लिएर बस्दै आएकी गङगा तितुङ (तामाङ) हराएको छ । उनी जेठ १५ गते देखि चारदोबाटो भक्तपुर बाट हराएको उनको दाई ल्हानाम तामाङले बताएको हो । उक्त २० बर्षिय तामाङ  आफ्नो आफन्त , नजिकको साथीभाइ कोही सङ्ग पनि समपर्क आएको […]

पसल खुल्ने गरी उपत्यकामा निषेधाज्ञा अर्को एक हप्ता थपिने

१८ जेठ, काठमाडौँ – काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ । कोभिड¬१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको आजको बैठकले १४ गते […]

भारत सहित चार देशका लागि उडान भर्न अनुमति, नेवानिसहित चार एयरलाइन्सले उडान भर्ने

१८ जेठ, काठमाडौं– सरकारले भारतमा दुई र अन्य तीन मुलुकका लागि हप्ताको एक उडान गर्न स्वीकृति दिएको छ । सरकारले दिएको स्विकृतिसँगै नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय नियमित उडानको अनुमति पाएका हुन्। स्वीकृत पाएसँगै उडान भर्न पाउनेमा नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् । […]