Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026

समाचार

९ वर्षीया बालिका बलात्कारको अभियोगमा दुईजना पक्राउ

१९ जेठ, काठमाडौँ – नौ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–३ की शारीरिक र मानसिक रुपमा अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ६७ वर्षीय गाइने भनिने भागीराज दमाई पक्राउ परेका हुन् । फूपुको घरमा बस्दै आएकी ती बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीयले […]

निषेधाज्ञा उल्लंघन गर्ने २८ सय ७४ सवारी साधन नियन्त्रणमा

१९ जेठ, काठमाडौं– विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको क्रममा प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामध्ये ६ सय ९५ वटा गाडी र २ हजार १ सय ७९ वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका […]

जबरजस्ती करणीको आरोपमा ललितपुर र सुनसरीबाट दुईजना पक्राउ

१९ जेठ, काठमाडौं– ललितपुरबाट ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका–२ घर भएका २० वर्षीय राम आशिस सदालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। गोदावरी नगरपालिका–३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले […]

किसानलाई अनुदानको ब्यवस्था गर्ने दोरम्बा गाँउपालिकाका अध्यक्ष मोक्तानको प्रतिवद्धता

१९ जेठ, रामेछाप – दोरम्बा गाँउपालिकाका अध्यक्ष कमासिंह मोक्तानले किसानको हौसला बढाउन अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दोरम्बा शैलुङ गाउँपालिका १ नं वडा मेग्रे नर्सरीको अनुगमन पछि अध्यक्ष मोक्तानले सो प्रतिवद्धता गर्नुभएको हो । उहाँले दोरम्बा किवीको लागि अति नै उत्कृष्ठ भूमि रहेको र सो नर्सरीमा लाखौंको किवी बिरुवा उत्पादन हुँदै गएको […]

विभाजनको संघारमा रहेको नेकपा एमालेः एकता जोगाउन कसरतमा

१९ जेठ, काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित सो गुटमा सक्रिय नेताहरु बाहेकलाई राखेर मात्र पार्टी एकता गर्ने पक्षमा रहेको बुझिएको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपाल, भीम रावल लगायत केही नेताहरुलाई बाहिर राखेर मात्रै पार्टी एकता गर्ने उनीनिकट स्रोतबाट बुझिएको छ । अध्यक्ष ओलीले पछिल्लो समयमा […]

पाँच घण्टापछि आगो नियन्त्रणमा

१९ जेठ, काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी ब्रुअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो । नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते

१९ जेठ, काठमाडौं– काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय […]

उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो, जेठ २० पछि केही क्षेत्र खुकुलो

१९ जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइने भएको हो । उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सीडीओहरुको बैठकले जारी निषेधाज्ञा जेठ मसान्त सम्मलाई लम्ब्याउने निर्णय गरेको हो । उपत्यकामा यसअघि थपिएको निशेधाज्ञाको अवधि जेठ २० गते सकिँदैछ । जेठ १४ बाट थप गरिएको निषेधाज्ञामा सो आदेशलाई कडाइ गर्दै […]

सिनोभ्याकको कोरोनाविरुद्धको खोपले पायो डब्लुएचओबाट आपतकालीन प्रयोगको अनुमति

एजेन्सी– चीनको अर्को खोपले पनि आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । चीनले बनाएको सिनोभ्याक खोपलाई मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । सिनोभ्याकले बनाएको खोपलाई चीनसहित धेरै देशहरुले यसअघि नै आपतकालीन प्रयोगको अनुमति दिइ सकेका छन् । सिनोभ्यकले आपतकालीन प्रयोगको अनुमति पाएपछि अब डब्लुएचओबाट स्वीकृत पाउने चिनियाँ खोपको संख्या […]

सरकारी गाडी लिएरै ‘डेटिङ’मा टाप

१९ जेठ, काठमाडौं– काठमाडौंमा एक जना सरकारी अधिकारी सरकारी नम्बर प्लेटको गाडीमै डेटिङमा गएको भेटिएको छ । कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाकाबीच सरकारी अधिकारीसरकारी गाडीको दुरुपयोग गरी डेटिङमा भेटिएका हुन् । काठमाडौंको स्वयम्भूनाथमा रोकिरखेको ‘प्रदेश नं. ३–०१–००२ – ४९२२’ नम्बरको सरकारी गाडीलाई पछ्याउँदा आईतबार एक जोडी डेटिङ गएको भेटिए । उक्त सरकारी गाडी कार्यालय […]