Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

सुत्नु अगाडि खान नहुने ६ खानेकुरा

१३ जेठ, एजेन्सी – नेपालीमा एक युक्ति छ, खाना नपाएर भन्दा पनि मानिसहरु खाना नजानेर बिरामी पर्छौँ । कहिलेकाहिँ राति भोक लाग्दा हामी जे पाउँछौ, त्यहि खान्छौं । यदि तपाईंको पनि यस्तो बानी छ भने सावधान हुनु आवश्यक छ । किनभने यो बानी स्वास्थका लागि खतरनाक हुन सक्छ । राति के खानु हुन्छ अथवा के […]

अब इन्स्टाग्राममा लाइक लुकाउन सकिने

१३ जेठ, एजेन्सी – इन्स्टाग्रामले लाइक लुकाउन मिल्ने फिचर आधिकारिक रुपमा सार्वजनिक गरेको छ । यो फिचर एपले दुई वर्षदेखि परिक्षण गर्दै आइरहेको थियो । यो फिचरले अब सबै प्रयोगकर्ताहरुलाई लाइक लुकाउन दिने भएको छ । आफूले चाहेमा मात्र लाइक लुकाउन सकिने विल्कप इन्स्टाग्रामले उपलब्ध गराएको छ । प्रयोगकर्ताले म्यानुअल्ली यो फिचरलाई सेटिङगमा गएर सुचारु […]

कोरोनाका कारण रुपन्देहीमा एकै परिवारका तीन जनाको मृत्यु

१३ जेठ, बुटवल – रुपन्देहीको बुटवलमा कोरोनाभाइरस संक्रमणबाट एकै परिवाकरा तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १० नम्बर वडाका नरबहादुर गुरुङको परिवारमा कोरोनाका कारण तीन जनाले ज्यान गुमाएका हुन् । कोरोनका कारण गुरुङ, उनकी श्रीमती मनसरा र छोरा प्रेमबहादुर गुरुङको निधन भएको हो । उनीहरु क्रमशः ६९, ५९ र ३९ वर्षका थिए । […]

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने दरमा १७ प्रतिशतले कमी

१३ जेठ, एजेन्सी – अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट २३ हजार १६२ जना सङ्क्रमित भएका छन् । यसैगरी उक्त अवधिमा कोरोना भाइरसबाट ५२२ जनाको मृत्यु भएको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । कोरोनाबाट संक्रमण हुनेको सङ्ख्यामा बिगत दुई हप्तामा ३७ प्रतिसतले कमी आएको छ । अमेरिकामा हालसम्म कूल पाँच लाख ९१ हजार ५९३ जनाको […]

कास्कीमा २१ गतेसम्म निषेधाज्ञा

१३ जेठ, काठमाडौँ – कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा आदेश जारी गर्नुभएको हो  ।   प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।  

बालिका बलात्कृत गर्ने पक्राउ

१३ जेठ, काठमाडौँ – आफ्नै दाईको छोरी बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका –२ का १९ वर्षीया पुरुष पक्राउ परेका हुन् । मङ्गलबार १० वर्षीया बालिकालाई लुकामारी खेल्न जाउँ भन्दै नजिकैको सार्वजनिक जङ्गलमा लगेर करणी गरेको अभियोगमा युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले […]

रामेछापमा पिसिआर मेसिन स्थापना गर्न प्रदेश सरकारको सूचना जारी

१३ जेठ, काठमाडौँ – रामेछाप जिल्लामा पिसिआर मेसिन स्थापना गर्नको लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना निकालेको छ । तीस दिनभित्र पिसिआर मेसिन स्थापना गर्नको लागि मन्त्रालयले आज सूचना जारी गरेको हो । प्रदेश सरकारले पिसिआर मेसिन नभएका जिल्लामा तत्काल मेसिन स्थापना गर्न लागेको हो । बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना […]

कर्णालीमा कोरोना डिस्चार्ज हुनेको संख्या बढ्यो

१३ जेठ, काठमाडौँ – पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ सय २३ जनाले कोरोना जितेर डिस्चार्ज भएको हो । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ । आज थप २ सय ५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् […]

पछिल्लो २४ घण्टामा ६ हजार ९सय ३९ जनामा कोरोना पुष्टि

१३ जेठ, काठमाडौँ – बिहीबार एकैदिन देशभर १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा ७ हजार २ सय २६ कोरोना संक्रमित […]

पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या धेरै

१३ जेठ, काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ७ हजार २२६ जना संक्रमणमुक्त भएका हुन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ। यही अवधिमा पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप […]