Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

पछिल्लो २४ घण्टामा ८,९८० संक्रमित, ८,८४८ संक्रमणमुक्त

 ८ जेठ, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा १ सय २९ जना कोरोना भाइरस संक्रमितको  निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका छन् । यो […]

संसद विघटनविरुद्ध माओवादी र एमाले (नेपाल पक्ष) निकट विद्यार्थी संगठनको आन्दोलनका कार्यक्रम घोषणा

८ जेठ, काठमाडौं– नेकपा (माओवादी केन्द्र)र नेकपा (एमाले)को माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियू (एमाले नेपालपक्षीय)का अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिको […]

‘महामारीमा राजनीतिक जालझेल सिर्जना गरी पन्छिनु अक्षम्य’: पूर्वराजा ज्ञानेन्द्र शाह

८ जेठ, काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभा विघटनले देश दुर्घटनातर्फ गएको उनको टिप्पणी छ । जनताको स्वास्थ्य समस्यालाई थाती राखेर महामारीको यस्तो बेलामा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस वैश्विक […]

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्र गम्भीर संकटमा परेको पत्रकार महासंघको ठहर

८ जेठ, काठमाडौं– पत्रकार महासंघले वैकल्पिक सरकार बन्न सक्ने अवस्था रहँदै राष्ट्रपतिले मध्यरातमा प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गर्नुलाई लोकन्तत्र गम्भीर संकटमा पार्ने ठहर गरेको छ । निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने कार्य गरेको महासंघले ठहर गरेको हो । जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको महासंघको धारणा […]

प्रधानमन्त्रीमा देउवा र ओली दुवैको दाबी अपुगः राष्ट्रपति

८ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानपमन्त्री बन्न बहुमत पेश गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली दुवैको दाबी अपुग रहेको भन्दै दाबी खारेज गरेकी छन् । शुक्रबार राति राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै, ‘दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न […]

विश्वासको मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालेँः प्रम

७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ […]

नयाँ सरकार गठनप्रक्रियाविरुद्ध रिट दर्ता गर्न अधिवक्ताहरु सर्वोच्चमा

७ जेठ, काठमाडौं– राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । नयाँ सरकार गठनकालागि शुक्रबार ५ बजेसम्म समयसीमा तोकेको विषयलाई लिएर अधिवक्ताहरु अदालत पुगेका हन् । रिट दर्ताका लागि अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, र वीरभद्र जोशी पुगेका छन् । उनीहरुले छुट्टा छुट्टै रिट दर्ता गर्दैछन् । यद्यपि हालसम्म […]

अष्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यका लागि सहयोग गर्ने

७ जेठ, काठमाडौँ- अष्ट्रेलियाले कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । नेपालका स्थानीय तहमा आम नेपालीका बीच […]

Nepal receives medical supplies from China to fight COVID-19

21 May, Kathmandu-The Government of the People’s Republic of China, the Provincial Governments as well as other organizations in China have provided various life-saving medical equipment and supplies to help Nepal fight against Coronavirus, the Ministry of Foreign Affairs said. Issuing a press statement on Thursday, the Ministry said that China provided 3,500 oxygen cylinders […]

कोरोनाका कारण माओवादी केन्द्रकी नेतृ घर्तीको निधन

७ जेठ, काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको कोरोनाका कारण मृत्यु भएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो । माडी गाउँपालिका–५ भावाङकी घर्तीको घर्तीगाउँ बजारमा अल्लो व्यवसाय रहेको थियो । कोरोना सङ्क्रमणपछि उहाँलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना […]