Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने

  ७ जेठ, काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेका अनुसार […]

सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत

६ जेठ, काठमाडौँ – पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो […]

प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ र राजेन्द्र बालुवाटारमा

६ जेठ, काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट विश्वासको मत नलिइ ७६ (५) को सरकार बनाउने विकल्प खुला गर्ने निर्णय गरेसँगै नेताद्वय ठाकुर र महतो बालुवाटार प्रवेश गरेका हुन्।

गैरसांसद मन्त्रीको नियुक्ती बदर गर्न सर्वोच्चको अन्तरिम आदेश

६ जेठ, काठमाडौं– सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीको नियुक्ति बदर गर्न अन्तरिम आदेश जारी गरेको छ । अदालते मन्त्रीको रुपमा काम गरिरहेका गैर सांसदहरुको कामकाजमा समेत रोक लगाउन आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्रीको नियुक्ति संविधानको धारा ७८ अनुसार अनुसार […]

अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने

६ जेठ, काठमाडौं– अमेरिकाले चाँडै नै नेपाललाई अत्यावश्यकीय स्वास्थ्य सामाग्रीहरु उपलध गराउने जनाएको छ । दक्षिण एसियाका देशहरुमा कोभिड–१९ संक्रमण व्यापक रुपमा फैलदै गर्दा अमेरिकाले नेपाल लगायत दक्षिण एसियाली मुलुकमा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको हो । दूतावासले ट्वीटमा, ‘युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको कोभिड–१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा […]

प्रधानमन्त्री ओलीले मागे बेलायतसँग कोरोना खोप

६ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग माग्नु भएको छ । बिहीबार बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा उहाँले नेपाली नागरिकका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गर्नुृभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको […]

आइसियु थप्न त्रिशूली अस्पतालालाई स्थानीय तहको दश लाख

६ जेठ, काठमाडौँ – नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख  तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी […]

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

६ जेठ, काठमाडौँ – चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार […]

खोलाको दहमा डुबेर एकको मृत्यु

६ जेठ, काठमाडौँ – पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ चिलिङदेनका एक पुरुषको खोलाको दहमा डुबेर मृत्यु भएको छ । ५८ वर्षीय पदमध्वज नेम्बाङलाई निबु खोलाको दहमा मृत अवस्थामा भेटिएको थियो । नेम्बाङलाई बुधबार राति नौ बजे निबुखोलाको दहमा मृत अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी दानबहादुर थापाका अनुसार नेम्बाङको शव पोष्टमार्टका लागि जिल्ला […]

बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु

६ जेठ, काठमाडौँ – गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहनुभएका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराइदिनुभयो । दुलही […]