समाचार
In Lamjung, there have been 86 earthquakes in 24 hours
20 May, Kathmandu-Tremors were felt 86 times in 24 hours amidst the fear of coronavirus infection in the mountainous district, Lamjung. The earthquake measuring 5.8 on the Richter scale with its epicenter at Bhulbhule of Marsyangdi rural municipality had struck at 5.42 am on Wednesday. After the earthquake, the tremors were felt 86 times up […]
कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार
६ जेठ, बुटवल – नेकपा माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ। बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ। तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक हरिशचन्द्र खनालले बताए। पाण्डे तौलिहवाका बासिन्दा हुन्। घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार […]
भाउजुलाई घाँटी रेटी हत्या गर्ने देवर पक्राउ
६ जेठ, विराटनगर – नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिनुभयो । […]
पछिल्लो २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै पटकपटक जाने क्रम जारी
६ जेठ, काठमाडौँ– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का […]
उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा आजै आउने
६ जेठ, काठमाडौँ – वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको […]
अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन पक्राउ
५ जेठ, काठमाडौँ – अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण […]
सर्वोच्चको अन्तरिम आदेश : ‘निषेधाज्ञामा कर र जरिवाना नलिनू’
५ जेठ, काठमाडौं – सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । बन्दाबन्दी पूणरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता सृजना अधिकारी […]
थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
५ जेठ काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र […]
आधारभूत तहका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत गर्ने काठमाडौं महानगरको निर्णय
५ जेठ, काठमाडौं– भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि काठमाडौं महानगरपालिकाले आधारभूत तह(कक्षा ८) को नतिजा आन्तरिक मूल्याङ्कनमार्फत गर्ने भएको छ । परीक्षा सञ्चालन सम्भव नभए पछि महानगरपालिकाले कक्षा ८ को मूल्यांकन विधि तय गरेको हो । महानगरको शिक्षा शाखाले मूल्याङ्कनमा पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकनको अभिलेखबाट ४० प्रतिशत […]
निर्वाचन आचारसंहिता विपरित कार्य गरेकोप्रति निर्वाचन आयोगको ध्यानाकषर्ण
५ जेठ, काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता विपरित गतिविधि गरेको देखिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै केही व्यक्तिले विज्ञप्ती नै निकालेर मत मागेको तर्फ आयोगको ध्यानाकर्षण भएको जनाएका हुन् । आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’को पक्षमा विज्ञप्ती निकालेरै मत मागेका […]



