Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको प्रयास

१८ फागुन काठमाडौँ – १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–२ मा गत शुक्रवार किशोरीमाथि ३ जनाले बलात्कार प्रयास गरेका हुन् । ति किशोरीलाई गत शुक्रवार रातको १० बजेतिर ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ३ जना मध्य एक जना आरोपित धादिङ बेनिघाट घर […]

०७८ सालमा तीनवटा दशैँ परे, असोज २९ गते विजयादशमी

१८ फागुन काठमाडौँ – विसं २०७८ मा तीन दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते […]

स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्किँदै भट्टराई

१८ फागुन काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भारतमा स्वास्थ्य परीक्षणपछि आज स्वदेश हुनुहुन्छ । नेपालमा परीक्षणका क्रममा न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएका भट्टराईलाई भारत रेफर गरिएको थियो। तर परीक्षणका क्रममा उहाँको ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ। चिकित्सकहरुले उहाँको ट्युमर केही महिनामा नै शल्यक्रिया गरि फाल्नु पर्ने र यदी बेलामा […]

ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटमा जनप्रतिनिधिको भ्रमण

१८ फागुन काठमाडौँ – मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन् । गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको […]

प्रधानमन्त्री ओलीद्वरा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास

१७ फागुन काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्नुभएको छ । पोखरा नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन नजिकै बन्‍न लागेको प्रशिक्षण प्रतिष्ठानको सोमबार प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । प्रतिष्ठान ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण गर्न लागिएको छ । प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक […]

राष्ट्रपतिबाट फागुन २३ गते संसद् अधिवेशन आह्वान

१७ फागुन काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको बताउनु […]

सर्वोच्चपछि दलको ध्यान संसद्

१७ फागुन काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापित गरेपछि राजनीतिक दलको ध्यान संसद्मा केन्द्रित बनेको छ । सर्वोच्चको फैसलाअनुसार फागुन २३ गतेभित्र नै संसद् बैठक बोलाउनुपर्नेछ । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक अझै आह्वान गर्नुभएको छैन । संसद् बैठक सुचारु भएसँगै नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि […]

नक्कली प्रमुख सचेतकले ह्विप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ? : नेता रावल

१७ फागुन काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई उहाँले हटाउन नसक्ने दाबी गर्नुभएको छ । आइतवार काठमाण्डौमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्विप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताउनुभएको […]

प्रधानमन्त्री ओलीलाई हटाउन प्रचण्ड–माधवलाई सकस

१७ फागुन काठमाडौँ – नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा विभाजन नभएकाले संविधानको धारा ७६ (१) अनुसार बनेको ओली नेतृत्वको सरकारलाई विस्थापन गर्न दाहाल–नेपाल समूह कम्मर कसेर लागे पनि उनीहरूको प्रयासले […]

राजस्व छलीको घटना धमाधम बाहिर आउँदै

१७ फागुन काठमाडौं – संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम बाहिर ल्याउन सफल भएको छ । राजस्व अनुसन्धान विभागले आइतबार चारवटा फर्मविरुद्ध करिब ४० करोड […]