समाचार
नेपालगञ्जका प्रत्येक घरधुरीमा खानेपानी पुर्याइँदै
१९ फागुन काठमाडौँ – नेपाल खानेपानी संस्थानले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ग्रामीण बस्तीसम्म खानेपानी पुर्याउने योजना अगाडि सारेको छ । उपमहानगरपालिकामा जोडिन आएका साविकका गाविसमा पानी ट्याङ्की निर्माण, डिपबोरिङ जडान र पाइपलाइन विस्तार गरी खानेपानीको व्यवस्था पुर्याउन लागिएको नेपाल खानेपानी संस्थान नेपालगञ्ज कार्यालयका सूचना अधिकारी बुद्धिप्रकाश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा जोडिन आएका कारकाँदो, […]
काठमाडौँ उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन
१९ फागुन काठमाडौँ – उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौँ उपत्यकाका सडक जलमग्न […]
३४ किलो गाजाँसहित पक्राउ परेका दुई जना सार्वजनिक
१९ फागुन काठमाडौँ – म्याग्दीको मालिका गाउँपालिकाबाट झण्डै ३४ किलो गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मालिका गाउँपालिकाका ६३ वर्षीय हर्कबहादुर रोका र सोही गाउँपालिकाका प्रेमबहादर पुनलाई प्रहरीले पक्राउ गरेको हो । रोकालाई फागुन १७ गते पक्राउ गरेको हो भने पुनलाई १३ गते पक्राउ गरेको थियो । फरक मितिमा दुबै पक्राउ परेका उनीहरुलाई […]
बिहिबार देशभरका कुनै अदालतमा सुनुवाइ नहुने
१९ फागुन काठमाडौं – भोलि ९बिहिबार० देशभरका सबै अदालत बिदा हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा मनाइने भएको छ ।
१३ बर्षीय बालकले गरे एक बालिका माथि बलात्कार
१९ फागुन काठमाडौँ – पश्चिम दाङको बबई गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छिन् । ११ वर्षीया बालिका मंगलबार बेलुका करिब ६ बजे दही लिन जाँदै गर्दा ट्वाङखोलाको जंगल क्षेत्रमा बलात्कृत भएकी हुन् । स्थानीय १३ वर्षीय एक बालकले ती बालिकालाई जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय खितलपुरले जनाएको छ । उनलाई जंगलमा फेला पारी जबरजस्ती […]
बाटो काट्ने क्रममा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु
१९ फागुन काठमाडौं – ललितपुरमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ। कोटेश्वर क्याम्पसमा अध्ययनरत छात्रालाई ललितपुरको नख्खुदोबाटोमा जिपले ठक्कर दिएको हो । प्रहरीका अनुसार विहान सवा ५ बजे सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको हो । क्याम्पस जान बाटो काट्दै गरेकी उनलाई जिपले […]
कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री डा. कोइराला
९ फागुन काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभएको छ । उहाँले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिनुभयो । उहाँले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताउनुभयो […]
नेपालभाषाका तीन पुस्तक सार्वजनिक
१९ फागुन काठमाडौँ – ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् प्रा. सुवर्ण शाक्यले नेपाल भाषाका तीन कृतिहरूको विमोचन गर्नु भएको छ । सो अवसरमा कथाकार विमलप्रभा बज्राचार्यको ‘इलं ब्यूगु बाखं’, दिव्या ताम्राकारको ‘लिधंसा’ र बुद्ध नेवाको ‘केहेँ किजापिन्त मतिनाया पौ’ कृति विमोचन गरिएको हो । नेपालभाषा परिषद्को आयोजनमा सम्पन्न कार्यक्रममा परिषद्का अध्यक्ष पनि रहनुभएका संस्कृतिविद् शाक्यले […]
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो
१९ फागुन काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बस्नु भएको थियो । सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिनु भएको छ । वार्तामा भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा […]
आफ्नै छोराको हत्या आरोपमा ४० वर्षीय बुबा पक्राउ
१८ फागुन काठमाडौँ – आफ्नै नाबालक छोरोको हत्या गरेको आरोपमा बैतडीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका(५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेका हुन् । राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ […]



