Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

पुन स्थापनापछि प्रतिनिधि सभाको बैठक शुरु

२३ फागुन काठमाडौं –  सर्वोच्च अदालतद्वारा पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विघटन गरिएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले विघटन असंवैधानिक भएको ठहर गर्दै १३ दिन भित्र प्रतिनिधि सभाको बैठक […]

हायस र मोटरसाइकल ठोक्किँदा दुई जना मृत्यु

२३ फागुन काठमाडौँ –   पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस र विपरीत […]

प्रतिनिधि सभा बैठकको यस्तो छ कार्यसूची

२३ फागुन काठमाडौँ – प्रतिनिधि सभाका सातौँ अधिवेशन आइतबार देखि शुरुवात हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक आज (आइतबार) अपराह्न ४ बजेका लागि आह्वान गर्नु भएको छ  । सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्‍न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ । यस्तो छ कार्यसूची

किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ, हाम्रा भान्सालाई विषादीरहित बनाउ : प्रधानमन्त्री ओली

२२ फागुन काठमाडा – किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ । आज (शनिबार) काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गर्नुभएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शूभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए […]

धनगढीको चटकपुरमा फर्निचर पसलमा आगलागी

२२ फागुन काठमाडौँ – धनगढीको चटकपुरमा रहेको  फर्निचर पसलमा आगलागी भएको छ । केहीबेर अगाडी देखि लागेको आगो निभाउन प्रहरी,दमकल र स्थानीयले निभाउन प्रयास गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी जवानले आगोलाई नियन्त्रणको प्रयास भइरहेको बताउनु भएको छ । उहाँको अनुसार अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागी कसरी भयो भन्ने बारेमा विवरण आएको […]

मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

२१ फागुन काठमाडौँ – घरअगाडि पार्किङ गरिराखेको अवस्थामा चोरिएको ना. ४ प (२१) नम्बर सुपर स्पेलेण्डर मोटरसाइकलसहित चोरीमा संलग्न भएको अभियोगमा एक युवा पक्राउ परेका छन् । फागुन १९ गते हेटौंडा–४, कर्राको श्रमिकपथमा वर्ष ५५ का पृथुलाल देउलाको आफ्नै घरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल खोजतलासका क्रममा त्यसको भोलिपल्ट भेटिएको थियो । दिउसो करिब १२ः३० बजे हेटौंडा–८ […]

अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार

२१ फागुन काठमाडौँ – रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ । रुपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्या गर्न पुगेका पौडेललाई ढुंगा प्रहार गरेको हो । मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए । उनीहरुले हिजो नै मञ्च भत्काएका थिए । ढुंगा प्रहार भएपछि उक्त क्षेत्र […]

गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

२० फागुन काठमाडौँ – खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । “सेतो अण्डाले बजार विगा¥योे । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन”, अण्डा व्यावसायी […]

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी

२० फागुन सउल – दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेबु्रअरीको मध्यबाट एक दिनमा ३०० र ४०० को बीचमा संङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सो […]

करको बोझ : ५८ रुपैयाँमा पेट्रोल किनेर १ सय १६ रुपैयाँमा बिक्री

२० फागुन काठमाडौं – पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न शीर्षकमा सरकारले राजस्व लिने गरेको छ। तर, त्यसरी उठाइने राजस्वको सदुपयोग भने भएको देखिँदैन। आयल कर्पोरेसन ९आईओसी०बाट इन्धन खरिद गरी कारोबार गर्दै आएको छ। आईओसीले अन्तर्राष्ट्रिय मूल्य घटबढका आधारमा निगमलाई महिनाको १ तारिख र १६ […]