Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

शिवपुरीमा यसरी मनाईयो गोरु जुधाई

मनिष रञ्जन बराल काठमाडौँ – माघेशक्रान्ति अबसरमा नुवाकोटको शिवपुरीमा गोरु जुधाई प्रितियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३ हल गोरु जुधाईएको थियो । शिवपुरी गाउँपालिकाको संयोजकत्वमा र शेराबगर विकास समाजद्धारा आयोजित उक्त कार्यक्रमा विशिष्ट अथितिको रुपमा शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु के सी , कलाकारहरु शेरम थापा , रामहरी भण्डारी , सानु के […]

चर्को विरोध भएपछि माफी माग्दै सुधीर चौधरीले भने, ‘सगरमाथा नेपालकै हो’

१ माघ काठमाडौं – सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि भारतीय टेलिभिजन च्यानल जीन्युजका प्रधान सम्पादक सुधीर चौधरीले अन्ततः माफी मागेका छन् । चौधरीले सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको र आफ्नो प्रस्तुतीबाट भ्रम फैलिएको भन्दै माफि मागेका हुन् । प्रधानमन्त्री केपी ओलीसँग अन्तर्वार्ता लिन नेपाल आएका चौधरी आइतबार बिना […]

माघेसङ्क्रान्तिबाट नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ः राष्ट्रपति

१ माघ काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव […]

नायब सुब्बामा ८४३ जनाका लागि जागिर खुल्यो (विज्ञापनसहित)

२९ पुष काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ अप्राविधिक पदका लागि विज्ञापन खुलाएको हो । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गरिने आयोगले जनाएको छ । आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत्आवेदन दिनुपर्नेछ । […]

दक्षिण कोरियामा उच्च चिसो, राजधानी सियोलमा रहेको हान नदी जम्यो

२९ पुष एजेन्सी – दक्षिण कोरियामा चिसोले नयाँ रेकर्ड बनाएको छ । कोरियाको मौसम प्रशासन (केएमए) को अनुसार त्यहाँको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको छ । अत्याधिक चिसो बढेसंगै राजधानी सियोलको बीच भाग भएर बग्ने हान नदी नै जमेको छ । पछिल्लो ३० वर्षको आँकडालाई अध्ययन गर्दा उक्त नदी यसपटक चार दिन पहिले […]

ओलीको अन्तर्वार्ता लिएर बेसक्याम्प पुगका जी न्यूजका पत्रकारले भने, ‘सगरमाथा पनि भारतले दाबी गर्नु पर्छ’

२९ पुष काठमाडौँ – गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ । जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै […]

लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित

२८ पुष काठमाडौं – यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ । सोमबार एक सूचना जारी कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अर्थात् आजदेखि नै अनिश्चितकालका लागि चालक अनुमतीपत्र ९लाइसेन्स० को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको […]

डाक्टर बन्नेहरु परीक्षा रोकाउन खोज्दै

२८ पुष काठमाडौँ – मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूले परीक्षा रोक्न माग गरेका छन् । एमबीबीएस दोस्रो वर्षका विद्यार्थीहरूले परीक्षा स्थगनको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थानका डिनलाई पत्र लेखेका हुन् । विद्यार्थीहरूले कोरोना महामारीका कारण परीक्षाको वातावरण नभएको भन्दै विज्ञप्तिमार्फत् जानकारी गराएका हुन् । विद्यार्थीहरूले आगामी चैत्र १० गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा कोरोना […]

अनुष्का शर्मा र विराट कोहलीलाई पुत्रीलाभ

२८ पुष एजेन्सी – भारतीय नायिका अनुष्का शर्माले छोरी जन्माएको उनका पति भारतीय क्रिकेट कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा घोषणा गरेका छन्। कोहलीले ट्वीटमा आफू बाबु बनेको जानकारी दिएपछि भारतमा यो जोडीको नाम ट्विटरमा चर्चित भएको थियो। ूहामी तपाईँको माया र मङ्गलकामनाका लागि मनदेखि नै आभारी छौँ। अनुष्का र हाम्री छोरी दुवै जना सकुशल छन्,ू […]

मौसम पूर्वानुमानः तराईका भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने, वर्षाको सम्भावना

२८ पुष काठमाडौं – अहिले नेपालको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश १, […]