स्वास्थ्य
ऊर्जामन्त्री पुनका सुरक्षागार्डलाई कोरोना संक्रमण
२ असोज काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ का सुरक्षा गार्डलाई कोरोना भाइरस संक्रमण भएको छ । आज आएको रिपोर्टमा सुरक्षागार्डलाई कोरोना पुष्टि भएपछि मन्त्री पुन सरकारी निवास पुल्चोककै होम आइसोलेसनमा बसेका छन्। मन्त्री निकट स्रोतका अनुसार मन्त्री पुन, उनका परिवारका सदस्य, सचिवालयका सबै सदस्य, पिएसओ र निवासको सुरक्षामा खटिएकासहित ३० जनामा […]
विषाक्त रसायन मिथानोल भेटिएपछि थप ४ कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध
काठमाडौं, २ असोज । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि औषधि व्यवस्था विभागले थप ४ वटा ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र […]
काठमाडौं एकैदिन ६१८ कोरोना संक्रमित थपिए
१ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय १८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय १८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ७ संक्रमित थपिएका छन् भने ललितपुरमा ६१ संक्रमित थपिएका छन् । […]
एकै दिन १ हजार २ सय ४६ जनामा संक्रमण
१ असोज काठमाडौं – मुलुकमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
१ असाेज काठमाडाैँ - पाल्पामा कोरोना संक्रमित एक पुरुषको बिहीबार मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अत्याधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो । […]
म्याग्दी दोस्रो पटक कोरोनामुक्त जिल्ला
१ असोज काठमाडौँ – म्याग्दी कोरोना मुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी कोराना संक्रमणमुक्त जिल्ला बनेको थियो । तर सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना […]
पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ३७ जनामा कोरोना पुष्टि
३१ भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना गरी जम्मा ७ सय ३७ जना संक्रमित थपिएका हुन् । मंगलबार काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना […]
कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
३१ भाद्र काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्। गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान काठमाडौंको ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। तिवारीका अनुसार अत्यधिक ज्वरो आएपछि उनलाई अस्पताल लगिएको हो। उनको अहिले आइसियुमा राखेर उपचार भइरहेको […]
कोरोना संक्रमितको उपचार खर्च संक्रमितले नै बेहोर्नु पर्ने
३१ भाद्र काठमाडौँ — सरकारले कोरोहहना संक्रमितसँग उपचार शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार भएको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ (आईसीएस) को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट पारित भए निर्णय कार्यान्वयनमा आउनेछ । बैठकको निर्णयको ८ नम्बर बुँदामा विपन्नको उपचार निःशुल्क र अन्य संक्रमितले आफ्नै खर्चमा गर्नुपर्ने उल्लेख छ । लक्षण देखिएकाहरूको […]
काठमाडौं उपत्यकामा एकै दिन थपिए ६ सय ७६ संक्रमित
३० भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ५५ संक्रमित थपिएका छन् भने ललितपुरमा ३५ संक्रमित थपिएका छन् […]



