Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

आर्थिक

न्यूनतम पारिश्रमिक लागू गर्न रोजगारदाताहरुका संस्था सहमत

१ साउन, काठमाडौं– रोजगारदाताहरुका संस्थाले सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गर्ने सहमति गरेका छन् । सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रकृयाप्रति असहमती भएपनि कामदार र श्रमिकको हितका लागि सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गरी जाने सहमति भएको रोजगारदाता संस्थाहरुले जनाएका छन् । उक्त संस्थाहरुले श्रमिकहरुको प्रतिनिधिमूलक संस्थाहरुको संयुक्त ट्रेड […]

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

१ साउन, काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताउनुभएको थियो । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान […]

मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्काशनका लागि अनुमति

१ साउन, काठमाडौं– मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशनका लागि अनुमति दिएको […]

यूनियन लाइफको आइपीओ बाँडफाँट, करिब ७३ प्रतिशत खाली हात

३१ असार, काठमाडौं– युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीले नयाँ बानेश्वरमा रहेको इन्द्रणी कम्प्लेक्समा कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आइपीओमा कुल २१ लाख ८२ हजार ७७५ जनाको आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । जसमध्ये ६९ हजार ९७६ विभिन्न कारणले रद्ध भएको क्यापिटलले […]

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

३१ असार, काठमडौँ – नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र […]

चालु आवको अन्तिम दिन नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४० खर्ब

३१ असार, काठमाडौँ – शेयर कारोवारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पूँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ । विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहिबार भने ११.३३ अङ्कले वृद्धि भई दुई हजार ८८३.२८ मा पुगेको हो । यस्तै […]

सेयर बजार फर्कने मुडमा, नेप्से ११.३३ अंकले बढ्दा कारोवार रकम ८ अर्ब नाघ्यो

३१ असार, काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्सेमा ११.३३ अंकको वृद्धि भएको छ । अघिल्लो कारोवार दिन (बुधबार) बजार र कारोवार स्थिर रहेको थियो । बिहीबार भने बजारमा दोहोरो अंकको वृद्धि र कारोबार रकममा सुधार देखिएको छ । बिहिबार २२३ कम्पनीका ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ७३ […]

सुनको भाउ बढ्यो

३० असार, काठमाडौँ – सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो । हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा […]

सेयर बजारमा बहार, नेप्से ७४.७१ अंकले बढ्यो

२७ असार, काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार मापक परिसूचक नेप्सेमा हरियाली छाएको छ । लगातार असार लागेयता घट्दै आएको बजारमा आइतबार भने भारी अंकको वृद्धि भएको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ७४ दशमलव ७१ अंकको भारी वृद्धि भइ २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ । यस्तै […]

१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि अनुमति

२६ असार, काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब ४ करोड ९७ लाख ७ हजार २५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी […]