Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

आर्थिक

नेप्से ५ अंकले घट्यो

१६ चैत्र काठमाडौँ – सोमबार सेयर बजारमा ५ अंकको गिरावट आएको छ। कारोबार रकम समेत घटेर साढे चार अर्ब रुपैयाँ हाराहारीमा सीमित भएको छ। नेप्से सूचक ५.४५ अंकले घटेर २५४३.५२ विन्दुमा अडिएको छ । ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । २०९ कम्पनीको ९१ लाख ३८ हजारभन्दा बढी कित्ता सेयर कारोबार […]

ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट

९ चैत काठमाडौँ – ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ […]

सुन आयात कोटा बढाउदै राष्ट्र बैंक

१३ चैत काठमाडौं – नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएर १५ किलोसम्म बनाउने भएको छ । हाल दैनिक १० किलोको आयात कोटालाई बढाएर १५ बनाउन लागेको हो । व्यसायीहरुले सरकार तथा सरकारी निकायहरुमा सुन आयात कोटा बढाउने माग राख्दै आउन थालेपछि केन्द्रीय बैंक सकारात्मक भएको हो । केही दिन अघि मात्र पनि व्यवसायीहरुले सुन […]

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढ्यो

१२ चैत काठमाडौँ – स्थानीय बजारमा सुनको मुल्य तोलामा २ सय रुपैंयाले बढेको छ । बुधबार प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ । आज तेजावी सुनको मुल्य ८६ हजार ४५० रुपैंयामा कारोबार हुने भएको छ । […]

सुनको मूल्य स्थिर

११ चैत काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य आजपनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि आज ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

नेप्सेमा २४ अङ्कको गिरावट, माथिल्लो तामाकोशीको शेयरमा सर्किट

९ चैत काठमाडौँ – आइतबार उच्च अङ्कले वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.०८ अङ्कले ओरालो लागेर दुई हजार ५१४.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४.७९ अङ्कले घटेर ४४८.८० मा […]

कोरोना जोखिम पुनः देखिँदा उच्च सतर्कता

९ चैत काठमाडौँ – छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणको […]

सुनको मूल्य तोलामा ३ सय रुपैँयाले बढ्यो

५ चैत काठमाडौं – बिहीबार सुनको मूल्य ३ सय रुपैँयाले बढेर प्रतितोलामा ८७ हजार २ सय निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैँयामा सुनको कारोबार गरिएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २० रुपैँयाले बृद्धि भएको छ। बुधबार १ हजार २ सय ७० रुपैँयामा […]

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

३ चैत काठमाडौँ – मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलाको ८६ हजार ६ सयमै कारोबार भइरहेको छ । यसअघि आइतबार र सोमबार पनि छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी […]

उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन अध्यक्ष गोल्छाको सुझाव

२ चैत्र काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आार्थिक विकास समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ हुनुहुन्छ । समिति सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य चक्रबहादुर अधिकारी, कुवीरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन […]