राजनीति
केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्षद्वारा नेपाललाई ताकेता
८ असोज काठमाडौँ – चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ । कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ रेलमार्गको बृहत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न चिनियाँ पक्षले नेपाललाई ताकेता गरिरहेको छ । उक्त […]
कांग्रेस महाधिवेशनः गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी
८ असोज काठमाडौं – नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । आकांक्षी बढेसँगै कांग्रेसभित्र […]
परराष्ट्रमन्त्रालयले भन्यो, ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन’
७ असोज काठमाडौं – चीनले नेपाली भूमि अतिक्रमण गरेको सम्बन्धमा नेपाल सरकारले धारणा सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले नेपाली भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पार्नुभएको छ । केहिदिन अघि संचार माध्यमहरुमा हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको समाचारहरु प्रकाशित […]
वामदेवको मन्त्री बन्ने चाहनामा अन्तरिम आदेश तत्कालका लागि तगारो
७ असोज काठमाडौँ – प्रधानमन्त्री बन्ने चाहना पूरा नभएपछि मन्त्री मात्रै भएपनि बन्ने चाहना अनुरुप नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्न पुगेका थिए। सर्वोच्चको अन्तरिम आदेशले तत्कालका लागि वामदेवलाई मन्त्री हुने बाटो पनि बन्द गरिदिएको छ। डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरिएपछि उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिने प्रयासमा उनी थिए। नेकपालाई मार्क्सवादी अर्थतन्त्र बुझेको अर्थमन्त्री […]
हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन भन्दै चिनियाँ सेनाले स्थलगत अध्ययनमा गएको नेपाली टोलीलाई फर्काइ दियो
७ असोज काठमाण्डौँ – चिनियाँ पाक्षले नेपालको भूमिमा नभई आफ्नै भुमिमा भवन बनाएको दाबी गरेको छ । हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले आफ्नै भूमिमा भवन बनाएको दाबी गरेको हो । चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी […]
वामदेवले प्रमलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’
७ असोज काठमाडौँ – सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच भनाभन नै चल्यो । ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै […]
भोलि महिला नै प्राइमिनिस्टर बन्न सक्नुहुन्छ : सभापति देउवा
६ असाेज काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको निर्वाचनमा महिला मतदाताको संख्या बढाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंगलादेवी स्मृति प्रतिष्ठानले लौह पुरुष गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा महिला समानताको हक संवैधानिक तथा कानूनी व्यवस्था र समावेशिताको वर्तमान अवस्था’ विषयक भर्चुअल कार्यक्रममा यस्तो आग्रह गर्नुभएको हो । उहाँले महिला […]
सच्चा समाजसेवीले केही पनि लिँदैनः प्रधानमन्त्री ओली
६ भदौ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभएको छ । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले […]
ओली-दाहाल बिच भेटवार्ता : मन्त्रिपरिषद् पुनर्गठनबारे थप छलफल
५ असोज काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार बसेको सचिवालय बैठकले ओली नेतृत्वको सरकारको मन्त्रीपरिषद् पुनर्गठन गर्ने निर्णय भएपछि ओली दाहाल थप गृहकार्यमा जुटेको छ । आजको लागि डाकिएको सचिवालय बैठक आन्तरिक परामर्श नपुगेको भन्दै भोलिसम्मको लागि स्थगित गरेको थियो। अध्यक्षद्वयबीच भोलिको […]
सरकारका कामको निगरानी गर्न संसदहरुलाई काँग्रेसको निर्देशन
४ असोज काठकाडौँ – प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसले मन्त्रालयसँग सम्बन्धित विषयमा जानकारी र निगरानी गरी सरकारबाट भएका गैरउत्तरदायी कार्यहरुबारे जनतालाई सूचित गर्न र सरकारलाई खबरदारी गर्न आफ्ना सांसदलाई क्रियाशिल रहन निर्देशन दिएको छ । काँग्रेस संसदीय दलले आज छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि गठन गरेका पार्टीका मन्त्रालयस्तरीय समन्वय समितिका संयोजकलाई […]



