Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

(एमसीसी)अनुमोदन बिलम्ब भएमा निर्णय अमेरिकाकै!

 २७ भाद्र ,काठमाडौँ-नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन्। नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन्। एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न उनी नेपाल आएकी हुन्। […]

नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिन्छ : अध्यक्ष नेपाल

२६ भदौ, नेपालगन्ज-एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ। युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगञ्न्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको हित विपरीत हुने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य […]

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन (ताप्लेजुङ)

 २६ भदौ,ताप्लेजुङ-ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जिल्ला कमिटी गठन भएको छ। छिरिङ लामाको अध्यक्षतामा ७२ जना सदस्य रहने गरी शनिबार कार्यसमिति गठन गरिएको हो । ताप्लेजुङको सदरमुकाम फुलिङमा आयोजित भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाई चयन गरेको छ। सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन भएका छन्। पार्टीका केन्द्रीय सदस्य तथा […]

बलमिच्याईं पुर्वक नयाँ बजेट ल्याउनु आपत्तिजनक (एमाले)

२६ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ। आफ्नो सरकारले ल्याएको आर्थिक वर्ष २०७८र७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको उसको आरोप छ । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट […]

विधान महाधिवेशन मिति संशोधन(एमाले)

२६ भदौ,काठमाडौं-नेकपा एमालेको विधान महाधिवेशन मिति संशोधन गरिएको छ। यसअघि तोकिएको मिति संशोधन गर्दै शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने भनिएको थियो। समय अपुगले र छलफल […]

(एमसिसी) सम्झौतामा नभएको संसदबाट पारित गर्नुपर्ने’ प्रावधान किन?

२५ भदौ,काठमाडौँ-नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई भेट्दै।नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई भेट्दै। अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) अन्तर्गत ५० करोड डलर सहयोग दिने गरी भएको सम्झौता […]

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस (यस्तो छ पूर्णपाठ)

२५ भदौ,काठमाडौँ-प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन् । शुक्रबार अपरान्ह तेस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयक प्रस्तुत गर्दा एमाले सांसदहरूको नाराबाजी चलिरहेको थियो । 1631269940_प्रतिस्थापन-विधेयक-Final-Press

प्रतिनिधिसभा बैठक स्थगित

२५ भदौ,काठमाडौँ-प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी ९जे।बी। टुहुरे० र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेसंगैँ बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक २७ भदौमा बस्नेछ ।

कोरोना खोप किन्न सरकारले बैठक भत्ता काटेर छुट्टायो ५ अर्ब

२५ भदौ,काठमाडौँ-सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ। आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए। प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

अर्थमन्त्री शर्माले प्रस्तुत गरे बजेटको प्रतिस्थापन विधेयक(लाइभ)

२५ भदौ,काठमाडौँ-सरकारले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ। प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमार्फत् अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेट प्रस्तुत गरेका हुन्। यसअघि आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजी अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए। अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको […]