राजनीति
प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ : नेता केसी
३० असार, काठमाडौंँ – नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताउनुभएको छ । मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाउँदै काँग्रेस केन्द्रीय कार्यालयमा चार दिनदेखि धर्नामा बसेका नेता तथा कार्यकर्तालाई आज भेटेर उहाँले पार्टीले तय गरेको प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्नेमा जोड दिनुभयो । “प्रक्रियाविपरीत दिइएका क्रियाशील […]
शान्ति प्रक्रियामा आएपछि पहिलोपटक ‘विप्लव’ले गरे ‘प्रचण्ड’सँग खुमलटारमा भेटघाट
३० असार, काठमाडौं– शान्ति प्रक्रियामा हस्ताक्षर गरेयता पहिलोपटक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । बुधबार ‘विप्लव’ले अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित प्रचण्ड निवासमा नै पुगेर भेट गरेका हुन् । ओली सरकार रहँदा शान्ति प्रक्रियामा हस्ताक्षर गरेका उनले ओली सरकारको बहिर्गमनसँगै अध्यक्ष प्रचण्डलाई भेट्नु अर्थपूर्ण मानिएको छ […]
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा
३० असार, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । शेरबहादुर देउवा नेकपा एमालेको नेपाल समूहको सांसदको समर्थन सहित विश्वासको मतको आधार प्रस्तुत गरेर प्रधानमन्त्री नियुक्त भएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा […]
बालकोटको घरबाट ओलीले भाषणः माधव नेपाल लाजशरम पचेका, अदालतको परमादेशलाई कहीँ नभएको जात्राको संज्ञा
३० असार, काठमाडौं– बालुवाटारबाट नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघले स्कर्टिङमार्फत बालकोट पु¥याएपछि निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै अदालतको फैसलामाथि असन्तुष्टि पोखेका छन् । एमाले अध्यक्ष ओलीले सर्वोच्चले आफूलाई कहीँ नभएको जात्रा नेपालमा भएको बताउँदै अफूलाई कुनै कारणबिना हटाइएको दाबी गरे । उनले भने, ‘कुनै गल्ती गरेर […]
यस्ता हुनेछन् नयाँ सरकारको पहिलो प्राथमिकता
३० असार, काठमाडौँ – सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड -१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य […]
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पहिलो निर्णयः खोप खरिदका लागि ५ अर्ब निकासा
३० असार, काठमाडौं– अर्थ मन्त्रालयले खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप ५ अर्ब बजेट निकासा दिने भएको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज पदभार ग्रहण गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने निर्णय गर्नुभएको हो । नवनियुक्त अर्थमन्त्री शर्माको यो पहिलो निर्णय समेत हो । ‘सरकार कोरोना महामारीमा […]
नवनियुक्त गृहमन्त्री खाँणले सम्हाले कार्यभार
३० असार, काठमाडौँ – नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । मंगलबार साँझ शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका उनले सिंहदरबार पुगेर आज कार्यभार सम्हालेका हुन् । आज नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले […]
आज बालुवाटार छोड्दै ओली
३० असार, काठमाडौं– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्ने हुनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्दै शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि ओलीले सरकारी निवास बालुवाटार छोड्न लाग्नुभएको हो । ओलीनिकट स्रोतअनुसार उहाँले बिहान ११ बजेपछि बालुवाटर छोडेर आफ्नो निजीनिवास बालकोट जाने हुनभएको हो । उहाँलाई बालुवाटारदेखि […]
उज्यालो नेपालका अभियन्तालाई अर्थ मन्त्रालयको जिम्मा
३० असार, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त हुनुभएको हो । यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह […]
देउवासँगै चार मन्त्रीले लिए शपथ
२९ असार, काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएको देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त हुनुभएको छ भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री हुनुभएको छ । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ […]



