Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

२९ असार, काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाउनुभएको हो ।    

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने देउवा अडान

२९ असार, काठमाडौँ – मंगलबार साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रम रहे पनि सपथ ग्रहण गर्नुभएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिएको जारी गरेको विज्ञप्तिप्रति नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएको नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाउनुभएपछि सपथ ग्रहण ढिलाई भएको हो । नवनियुक्त प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती […]

देउवाको नेतृत्वमा बन्ने सरकारमा जसपाले आज मन्त्री नपठाउने

२९ असार, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो । बैठकले अदालतको फैसलाले लोकतन्त्रलाई पुनश्चः ट्र्याकमा फिर्ता गरेको निष्कर्ष […]

पाँच मन्त्रालय सम्हाल्दा नया अनुभव महसुस भयो : मन्त्री श्रेष्ठ

२९ असार, काठमाडौँ – पाँच मन्त्रालयको नेतृत्व समाल्नुभएका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजबाट बिदाइ हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उहाँलाई बिदाइ गर्नुभएको हो । मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन बढी महत्वपूर्ण काम गर्न […]

पहिलो चरणमा जनार्दन र पम्फा मन्त्री बन्दै

२९ असार, काठमाडौँ – नेकपा माओवादी केन्द्रले पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा शर्मा र भुसाललाई आजै सपथग्रहण गर्ने गरी मन्त्रीमा सिफारिस गरेका हुन् । जनार्दन अर्थ र पम्फालाई ऊर्जामन्त्री बनाइने माओवादी स्रोतले जनाएको छ । अन्य मन्त्रीहरूको टुंगो दोस्रो […]

प्रधानमन्त्री पदमा शेरबहादुर देउवा नियुक्त

२९ असार, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतले हिजो दिएको परमादेश बमोजिम शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेअनुसार नै राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री मा नियुक्त गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव […]

विदाई सम्बोधनमार्फत ओलीले भनेः सबै नेपालीलाई खोपको व्यवस्था गरेका छौँ

२९ असार, काठमाडौं– जाँदाजाँदै देशवासीका नाममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीका लागि कोरोना संक्रमण विरुद्धको खोपको व्यवस्था गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री पदबाट हट्नुअघि विदाइ सम्बोधन गर्दै ओलीले सम्पूर्ण नेपालीलाई सन् २०२१ सम्ममा खोप दिइसक्ने व्यवस्था गरेको बताउनुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘सबै नेपाली जनतालाई खोपको अवस्थामा पुर्याएका […]

प्रधानमन्त्री ओलीको विदाई सम्बोधनः जनादेश मेरो पक्षमा थियो अदालतको परमादेश देउवाजीको पक्षमा गयो

२९ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको परमादेशका कारण आफू प्रधानमन्त्री पदबाट बिदा हुनु परेको बताएका छन् । प्रधानमन्त्री निवासबाट विदाई हुनुपूर्व मंगलबार राष्ट्रका नाममा विदाई सम्बोधन गर्दै ओलीले जनादेश आफ्नो पक्षमा भएपनि अदालतले जारी गरेको परमादेशका कारण देउवा प्रधानमन्त्रीमा पुगेको उनको दाबी थियो । यो जनादेशमात्र अन्तिम नरहेकोले यो अन्तिम विदाइ नभएको बताउँदै […]

अदालतले राजनीतिक विषयमा हात हालेको छ ः प्रम ओली

२९ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गर्नुभएको छ । देशवासीका नाममा आज सम्बोधनका क्रममा उहाँले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भन्नुभयो, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा […]

प्रधानमन्त्रीमा नियुक्त भए शेरबहादुर देउवा, साँझ ६ बजे शपथ

२९ असार, काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त हुनभएको छ । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयले शेर बहादुर देउवालाई शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।