Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

२९ असार, कठमाडौं– आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज अपरान्ह १ बजेका लागि निर्धारित स्थायी कमिटी बैठक स्थगित भएको हो । दिउँसो २ बजेका लागि प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले पूर्व निर्धारित स्थायी कमिटी बैठक स्थगित भएको सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटी बैठकको […]

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

२९ असार, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै हुनुहुन्छ । उहाँले आजै प्रधानमन्त्रीको […]

प्रधानमन्त्री ओलीले जाँदाजाँदै देशवासीका नाममा सम्बोधन गर्दै

२९ असार, काठमाडौं– सर्वोच्च अदालतको फैसलासँगै अपदस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो प्रधानमन्त्री निवास (बालुवाटार) छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ । सर्वोच्चले संसद […]

राष्ट्रपतिबाट राष्ट्रिय सभाको अधिवेशन अन्त्य

२८ असार, काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुभएको छ । दोस्रोपटक विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशपछि केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुभएको हो । आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको संघीय संसदका महासचिव […]

सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनको बैठक बस्दै

२८ असार, काठमाडौं– सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्ने फैसला गरेसँगै विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ । सर्वोच्चले संसद पुनर्स्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । विपक्षी गठबन्धनको बैठकले आगामी योजनाबारे छलफल गर्ने स्रोतले जनाएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, […]

सर्वोच्चको फैसलापछि गगन थापाले भनेः उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस्

२८ असार, काठमाडौं– संसद विघटनविरुद्धको रिटमा फैसला गर्दै सर्वोच्च अदालत प्रतिनिधि सभा पुनः स्थापना गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । सर्वोच्चको फैसला आएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया जनाउँदै उनले सर्वोच्चले व्याख्या गर्दै संविधानको रक्षा गरेको बताएका हुन् । उनले अदालतको आदेश मननपरे असहमत हुन सकिने तर […]

संसद पुनःस्थापना भएपछि जनार्दन शर्माले भनेः ‘प्रतिगमन परास्त भो !’

२८ असार, काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘प्रतिगमन परास्त भो ।’ संसद विघटन विरुद्ध सर्वोच्चमा परेको रिटमा फैसला गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना हुने र […]

सर्वोच्चको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि आघात पुगेको नेता शंकर पोखरेलको भनाइ

२८ असार, काठमाडौं– सर्वोच्च अदालतले आदेशको कारण संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको नेकपा एमालेका नेता शंकर पोखरेलले बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको रिटको पक्षमा फैसला गर्दै सर्वोच्चले संसद पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलीसम्ममा प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि उनले यसो बताएका हुन् । नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत […]

पुनःस्थापित संसदको बैठक साउन ३ गते साँझ ५ बजेभित्र बोलाउन आदेश

२८ असार, काठमाडौं– संसद पुनःस्थापनाको फैसला सुनाउँदै सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गतेभित्र बोलाउन आदेश दिएको छ । अदालतले संसद अधिवेशनका लागि सो दिन ५ बजेभित्रको समयसीमा तोक्दै आदेश दिएको हो । आदेश जारी गर्दै सर्वोच्चले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ । […]

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

२८ असार, काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो । अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठकले बोलाउनसमेत भनेको छ […]