राजनीति
कांग्रेसद्वारा सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन माग
५ जेठ, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन […]
प्रधानमन्त्रीलाई कारवाही गर्न प्रचण्डको माग
५ जेठ, काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डका स्वकीय सचिवको हस्ताक्षरमा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन भन्दै गरेको अपिल निर्वाचन आचारसंहिता विपरित भएको भन्दै आपत्ति जनाइएको […]
निर्वाचन आचारसंहिता विपरित कार्य गरेकोप्रति निर्वाचन आयोगको ध्यानाकषर्ण
५ जेठ, काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता विपरित गतिविधि गरेको देखिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै केही व्यक्तिले विज्ञप्ती नै निकालेर मत मागेको तर्फ आयोगको ध्यानाकर्षण भएको जनाएका हुन् । आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’को पक्षमा विज्ञप्ती निकालेरै मत मागेका […]
एमाले विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै
५ जेठ, काठमाडौं– एमाले विवाद समाधानका लागि स्थापित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्न लागेको हो । उक्त कार्यदलले विवाद सुल्झाउनका लागि जेठ २ गतेदेखि तिन दिनको समय पाएको थियो । सिंहदरबारमा आज हुने बैठकमा कार्यदलका सदस्यहरु शंकर पोखरेल बुटवलबाट आउनु पर्ने र विष्णु पौडेल बजेट निर्माणमा […]
पछिल्लो २४ घण्टामा ६८९१ ले जिते कोरोना
४ जेठ, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४।६ प्रतिशत रहेको […]
प्रधानमन्त्री ओलीलाई सर्वोच्चले माग्यो लिखित जवाफ
४ जेठ, काठमाडौँ – शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो । रिट निवेदकले प्रधानमन्त्रीले पुन शपथ लिनुपर्ने […]
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार
४ जेठ, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।
एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक बस्दै
४ जेठ, काठमाडौं– नेकपा एमालकोे पार्टी विवादक समाधानका लागि गठित कार्यदलको बैठक आज बस्ने भएको छ । पार्टी विवाद समाधान गर्नका कार्यदलको बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्न लागेको हो । ‘विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरुको उपस्थितिमा दिउँसो ३ बजेका लागि बैठक डाकिएको’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सवाल मिडियासँग बताए । […]
प्रधानमन्त्रीविरुद्ध परेको मुद्दाको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा
४ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथ ग्रहण गर्नुपर्ने माग राख्दै दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ । मंगलबार उक्त रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश जबराको इजलासमा परेको हो । उनको इजलाशले प्रधानमन्त्री ओलीले पुनः शपथ लिनुपर्ने वा नपर्ने भन्ने विषयको टुंगो लगाउनेछ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री […]
नेताहरुको व्यस्तताले एमाले कार्यदलको बैठक अनिश्चित
४ जेठ, काठमाडौँ – नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल आज पनि अनिश्चित भएको छ । कार्यदलमा सदस्य रहेका नेताहरुको कार्यव्यस्तताले छलफल अनिश्चित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफल पछि कार्यदल गठन गरिएको थियो ।कार्यदललाई तीन दिनभित्र विवाद समाधानको […]



