राजनीति
प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेर फर्किए ओली
७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी पनि प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन् । प्रधानमन्त्री ओलीले एमाले र जसपाका सांसदको हस्ताक्षरसहित आफ्नो दाबी पेश गरेका हुन् । उनले सांसदको व्यक्तिगत हस्ताक्षर संकलन नगरी पार्टीको संसदीय दलको नेताको सहमतिका आधारमा दाबी पेश गरेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । उनी विपक्षी गठबन्धनभन्दा अगाडि नै […]
मन्त्रीबिहिन ७ मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीलाई
७ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद नरहेका ७ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोक्नुभएको छ । सर्वोच्च अदालतले बिहिबार रोक लगाएसँगै मन्त्रीविहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई नै तोकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले […]
संसद विघटन हुनसक्छ, मलाई दोष दिन पाइदैन : प्रधानमन्त्री ओली
७ जेठ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार सरकार निर्माण गर्न नसके आफूलाई समर्थन गर्न विपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार पत्रकार सम्मेलन गरी सके आफूविरुद्ध सरकार गठन गर्न नसके आफूलाई समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले संविधानको धारा ७६ को ५ अनुसार आफूले पनि प्रधानमन्त्रीको दाबी गर्न […]
नयाँ सरकार गठनको लागि हस्ताक्षर संकलन, देउवा प्रधानमन्त्री बन्ने संकेत
७ जेठ, काठमाडौँ – नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरुले हस्ताक्षर संकलन थालेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि कांग्रेस, माओवादी सहित जसपाका नेताहरु छलफल जारी छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान अनुसार दलहरु छलफलमा जुटेका हुन् । संविधानको धारा ७६(५) बमोजिम बन्ने सरकारका लागि १३६ […]
बहुमतको सरकार दाबी गर्न कांग्रेस सभापति देउवा राष्ट्रपति कार्यालयमा
७ जेठ, काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको नेतृत्वका दाबी पेश गर्ने भएका छन् । देउवाले चार दलले संयुक्त रुपमा १४९ जनाको हस्ताक्षर संकलन गर्दै नयाँ सरकारका लागि दाबी पेश गर्ने भएका हुन् । कांग्रेस सभापति देउवाको पक्षमा नयाँ सरकार दाबीका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको यादव–भट्टराई पक्ष र एमालेको नेपाल पक्षका सांसदले […]
स्वास्थ्य मापदण्ड पूर्ण रुपले पालना गरेर चुनाव गर्न सम्भवः प्रधानमन्त्री ओली
७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीकै बीच चुनाव गर्न असम्भव नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले बेलायत, अमेरिका लगायतका देशहरुमा महामारीकै बीच चुनावी गतिविधि र चुनाव भएको दृष्टान्त देखाउँदै चुनाव असम्भव नरहेको बताएका हुन् । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले हाल अक्सिज अभाव, अस्पतालको शैया व्यवस्थापन लगायतका समस्या पनि […]
विपक्षी तीन दलको छलफल सिंहदरबारमा जारी
७ जेठ, काठमाडौं– सत्ता सहकार्यका लागि विपक्षी तीन दलको बैठक सिंहदरबारमा सुरु भएको छ । विपक्षी गठबन्धनका निर्माणका निम्ति नेपाली कांग्रेस, माओवादी र जसपा उपेन्द्र–यादव पक्षबीच छलफल सुरु भएको हो । नयाँ सरकार गठनका लागि ७६(५) अनुसार सरकार गठनको समय घर्किदैँ जाँदा राजनीतिक वृत्त तातेको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको […]
नयाँ सरकार गठनका लागि राजीनामा दिनुपर्ने व्यवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाइ
७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नयाँ सरकार गठनका लागि राजीनामा गर्नुपर्ने व्यवस्था नरहेकाले आफूले राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री ओलीले ७६(५) बाट गठनका लागि राजीनामा गर्नु नपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले यसअघि नै आफू संसदमा अल्पमतमा परिसकेको जनाएका हुन् । अहिले पनि पार्टी भित्रै बाट पूर्ण रुपले विश्वासको मत पाउने […]
सत्ता राजनीति तातियोः देउवा निवासमा प्रचण्ड र नेपालसहितको बैठक जारी
७ जेठ, काठमाडौं– प्रधानमन्त्रीले विश्वासको मत नलिई वा राजीनामा नै नदिई राष्ट्रपतिबाट ७६(५) अनुसार नयाँ सरकार गठनको बाटो खुल्दा राजनीतिक दाउपेच तातिएको छ । नयाँ सरकार गठनको लागि करिब साढे ४ घण्टाको मात्र समय बाँकी रहँदा राजनीतिक दाउपेच तातिएको हो । पछिल्लो समय विकसित घटनाक्रमबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक अहिले कांग्रेस सभापति शेरबहादुर देउवा […]
नयाँ सरकार गठनप्रक्रियाविरुद्ध रिट दर्ता गर्न अधिवक्ताहरु सर्वोच्चमा
७ जेठ, काठमाडौं– राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । नयाँ सरकार गठनकालागि शुक्रबार ५ बजेसम्म समयसीमा तोकेको विषयलाई लिएर अधिवक्ताहरु अदालत पुगेका हन् । रिट दर्ताका लागि अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, र वीरभद्र जोशी पुगेका छन् । उनीहरुले छुट्टा छुट्टै रिट दर्ता गर्दैछन् । यद्यपि हालसम्म […]



