Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

रूसद्वारा आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा दिन रोक

२२ चैत्र, एजेन्सी – रूसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकहरूका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा हस्ताक्षर गरेको छ। युक्रेनमा आक्रमण गरेको निहुँमा रूसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकहरूले आर्थिक प्रतिबन्ध लगाएको प्रत्युत्तरमा रूसले उक्त कदम चालेको हो। उक्त आदेशपत्र सोमवारदेखि नै लागू भएको छ। आदेशपत्रअनुसार रूसले नर्वे, स्विट्जरल्यान्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली […]

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित

२ चैत्र, काठमाडौं – अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएका छन् । सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण लाखौं जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ । सोमालियाका प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन […]

युक्रेनी सेनाको मिसाइल आक्रमणमा परी २० जना रुसी नागरिकको मृत्यु

१ चैत, एजेन्सी – युक्रेनी सेनाको मिसाइल आक्रमणबाट डोनेत्स्क क्षेत्रमा २० जना रुसी नागरिकको मृत्यु भएको रुसी सेनाले जनाएको छ । युक्रेनी आक्रमणमा बालबालिका सहित २८ सर्वसाधारण गम्भीर घाइते भएको रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सकको मध्य भागमा युक्रेनी सेनाले मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको जनएको […]

फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको चौथो मात्रा खोप दिने

२९ फागुन, एजेन्सी । फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको चौथो मात्रा खोप दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जीन कस्टेक्सले देशका अग्रज नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गरेर भोलि सोमवारदेखि कोरोना भाइरसको चौथो मात्रा खोप दिने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । कोरोना भाइरसको बुस्टर मात्रा लगाएको तीन महिना पुगेका वृद्धवृद्धालाई चौथो मात्रा खोप […]

युद्धग्रस्त क्षेत्रबाट भागेर आश्रय लिइरहेको स्थानमा रुसी सैनिकको आक्रमण

२९ फागुन, काठमाडौं – युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ। युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा आइतबार बिहान क्षेप्यास्त्र प्रहार गरिएको हो। उक्त घटनामा ३५ जनाको मृत्यु भएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो। उक्त घटनामा १३४ जना घाइते भएको बताइएको छ। रुसी सैनिकले आइतबार बिहान […]

बेलायतमा आँधी : कम्तीमा १३ जनाको ज्यान गयो

८ फागुन, एजेन्सी – यूनाइस आँधीका कारण युरोपमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, बेलायत, बेल्जियम, जर्मनी र पोल्यान्ड लगायत प्रभावित भएका छन् । आँधीले रुखहरु ढल्दा सडक बन्द बनेका छन्। आँधीका कारण विद्युत् सेवा बन्द हुँदा झण्डै १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन […]

रुसद्वारा युक्रेनको सिमानाबाट सेना फिर्ताको घोषणा

४ फागुन, काठमाडौं – युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ। मस्कोको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार दक्षिणी सैन्य जिल्लाका एकाइहरू, रणनीतिक अभ्यासमा आफ्नो सहभागिता पूरा गरिसकेपछि, तिनीहरूको स्थायी तैनाती बिन्दुहरूमा सर्दै छन्। सरकारी टेलिभिजनले […]

भारतको उत्तर प्रदेशमा आजदेखि दोस्रो चरणको मतदान हुँदै

२ फागुन, एजेन्सी –  भारतको उत्तर प्रदेश प्रान्तमामा सोमबार दोस्रो चरणको मतदान हुँदै छ । दोस्रो चरणमा आज सहारनपुर, मुरादाबाद र बरेली डिभिजनका ५५ सिटमा मतदान भइरहेको छ । २०१७ विधानसभा चुनावमा, यी ५५ मध्ये ३८ सीट भाजपाले जितेको थियो। तर, पछिल्लो लोकसभा चुनावमा यहाँका ११ लोकसभा सिटमध्ये ७ विपक्षीले जितेका थिए । पहिलो […]

युक्रेनद्वारा रुससँग ४८ घण्टा भित्र औपचारिक वार्ता आव्हान

२ फागुन, एजेन्सी – युक्रेनले आफ्नो सीमामा तनाव बढेपछि रुससंग वार्ताको प्रस्ताव राखेको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसी अधिकारीहरु तथा युरोपेली सुरक्षा समुहका सदस्यहरुलाई ४८ घण्टाको समयसीमा भित्र वार्ताका लागि आव्हान गर्नुभएको हो । विदेशमन्त्री कुलेबाले युक्रेनप्रतिको रुसी योजना पारदर्शी हुनुपर्ने भन्दै वार्ताको पहल गरेको बताउनुभएको छ । युक्रेनको सीमामा १ लाख बढी […]

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति वाइडनबीच टेलिफोन वार्ता हुँदै

२९ माघ, एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ। ‘वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ,’ क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको […]