Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

गुगलका सीईओ र युटुबका ६ जना अधिकारीविरुद्ध बलिउड निर्माता सुनिल दर्शनले दर्ता गराए एफआईआर

१२ माघ, काठमाडौं -बलिउड चलचित्र निर्माता तथा निर्देशक सुनिल दर्शनले गुगलका सीईओ सुन्दर पिचाईविरुद्ध एफआईआर दर्ता गराएका छन् । प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उनले गुगलका सीईओ पिचाईसहित गुगल र युट्युबका ६ जना अधिकारीविरुद्ध मंगलबार अदालतमा एफआईआर दर्ता गराएका हुन् । सनी देवल र अक्षय कुमारलाई लिएर ‘इनतकाम’, ‘लुटेरे’ र ‘जानवर’ जस्ता चलचित्र निर्माण तथा […]

पाकिस्तानद्वारा पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक

३० पुष, एजेन्सी – पाकिस्तानले पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेको छ ।भारतसहितका छिमेकी देशसँग शान्तिपूर्ण सम्बन्धको नीति अवलम्बन गर्ने लगायतका विषय समेटेर पाकिस्तानले सुरक्षा नीति तयार पारेको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज एक सय पेजको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्नुभयो । कश्मीरको मुद्दाको टुङ्गो नलागे पनि पाकिस्तानले भारतसँग शान्तिपूर्ण सम्बन्ध […]

भारतको पश्चिम बंगालमा रेल दुर्घटना

२९ पुष, काठमाडौं – भारतको पश्चिम बंगालको जलपाईगुडी जिल्लामा गुवाहाटी–बिकानेर एक्सप्रेस रेल दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जलपाईगुडीकी डीएम मौमिता दासले तीन जनाको मृत्यु भएको पुष्टि गरेकी छन्। दुर्घटना अन्य केही यात्रु घाइते भएको बताइएको छ । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। रेलवेका अनुसार १२ वटा बोगी पटरीबाट खसेका छन्। […]

भारतमा कोरोना सङ्क्रमण बढ्दो, एकैदिन १ लाख ९४ हजारमा सङ्क्रमण

२८ पुष, काठमाडौँ – भारतमा कोरोना भाइरसको सङक्रमण बढ्दो क्रममा छ । सङक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको तथ्याङकले देखाएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन एक लाख ९४ हजार ७ सय २० जनामा सङक्रमण पुष्टि भएको छ । अस्ति सोमबार एक लाख ६८ हजार सङक्रमित भएका थिए । सोमबारको तुलनामा मंगलबार […]

दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

१५ मङ्सिर, एजेन्सी – दक्षिण कोरियामा पनि कोभिड(१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसीए०का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू […]

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

६ मंसिर, एजेन्सी – अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणको कारण देखाउदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।  प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको […]

अमेरिकामा झरेको पैसा टिप्नेको भिडले सडक जाम

५ मंसिर, एजेन्सी – अमेरिकाको एक राजमार्गमा शुक्रवार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको थियो। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन्। यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो। प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको […]

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

१२ कार्तिक, एजेन्सी – बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड(१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ। उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ। लक्षण भए पनि नभए पनि […]

फेसबुकले गर्‍यो नाम परिवर्तन

१२ कार्तिक, एजेन्सी – फेसबुकले आफ्नो कर्पोरट नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको छ। पछिल्लो समय भर्चुअल रियालिटी ९भीआर० प्रविधिको प्रयोग बढाउने योजनामा रहेको कम्पनीले आफ्नो नाम परिवर्तन गरेको हो। यद्यपि अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन भने व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन। फेसबुकले गरेको नाम परिवर्तन पछि पनि फेसबुक, इन्स्टाग्रा वा ह्वाट्सएप चलाउँदा कुनै परिवर्तन भने […]

जापानको बजारमा ‘उड्ने मोटरसाइकल’, मूल्य आठ करोड रुपैयाँभन्दा बढी

११ कार्तिक, एजेन्सी – जापानमा एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ। निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध […]