विश्व
पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिन अमेरिकी विज्ञको सिफारिस
१० कार्तिक, एजेन्सी । अमेरिकी सरकारको एउटा प्यानलले फाइजररबायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ। त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो। सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको […]
अमेरिकामा विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, सात घाइते
७ कार्तिक, एजेन्सी – अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् । घटनाबारे जर्जियाको व्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको […]
‘क्रुज मिसाइल’को सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी
२८ भदौ, एजेन्सी – उत्तर कोरियाले लामो–दूरीमा मारहान्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको छ । सो मिसाइलले जापानको अधिकांश क्षेत्रलाई निशाना बनाउन सक्ने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सोमबार बताएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार गएको सप्ताअन्तमा मिसाइल परीक्षण भएको हो । सो मिसाइल १५ सय किलोमिटर पर पुगेको उल्लेख छ । पछिल्लोपटक […]
श्रीलङ्कामा किन खाद्य सामग्री सङ्कट छ ?
२८ भदौ, एजेन्सी – श्रीलङ्काका सरकारी खाद्य सामग्री पसलहरू रित्तिँदै गएका छन् भने धुलो दूध, अन्न र चामल जस्ता आयातित सामग्रीको सञ्चिति निकै कम छ । सरकारले आपूर्ति अभाव नरहेको भन्दै सञ्चारमाध्यमहरूले भय निम्त्याएको आरोप लगाएको छ। सरकारले सङ्कटकालको घोषणा गरेको र विदेशी मुद्रा सटहीमा सङ्कट देखा परिरहेको अवस्थामा श्रीलङ्काको केन्द्रीय ब्याङ्कका प्रमुखले राजीनामा दिएको […]
हजारौ वर्षअगाडि मंगल ग्रहमा पानी भएको संकेत (नासा)
२७ भदौ,काठमाडौँ-नासाका अनुसन्धानकर्ताहरूको नमूनाहरूको प्रारम्भिक विश्लेषणले गरेको छ। हजारौ वर्षअगाडि मंगल ग्रहमा पानी भएको संकेत मिलेका नासाले जनाएको छ। पर्सिभेरेन्स रोभरले नमूना लिएको चट्टानमा महत्वपूर्ण लवणहरू पनि पत्ता लगाएको छ जुन नमूना चट्टानबाट पानी बगेको समयमा गठन भएको हुन सक्छ । यसले हजारौं वर्षअगाडि मंगल ग्रहमा जीवनको अस्तित्व हुन सक्ने नासाले संकेत गरेको छ । […]
जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह
२५ साउन, एजेन्सी – जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ । देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो । आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित […]
चीनले विश्वभर २ अर्ब डोज खोप उपलब्ध गराउने, कोभ्याक्सलाई १० करोड डलर दिने
२२ साउन, एजेन्सी – डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै विश्वभर खोपको माग बढिरहेको छ । सबै देश चाँडोभन्दा चाँडो आफ्ना नागरिकलाई खोप लगाउन चाहन्छन् । तर, खोपको मागअनुसार आपूर्ति भने हुन सकिरहेको छैन । यही बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार यो वर्षभर विश्वभर २ अर्ब डोज खोप पु–याउने प्रयास गर्ने घोषणा गरेका छन् […]
चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो
एजेन्सी– चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ । चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण […]
जापानको अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा
एजेन्सी– ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हँुदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् । टोकियोबाट नजिकै रहेको क्षेत्रमा सङ्कटकाल लगाइएको हो […]
अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो
१७ साउन, एजेन्सी – अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ । “नुरिस्तान प्रान्तको कमदिश जिल्लामा भारी वर्षाका कारण बुधबार बाढीमा परी वेपत्ता व्यक्तिमध्ये केही अझै […]



