Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

रुसले चन्द्रमा र मङ्गल ग्रहमा यान पठाउने

१९ आश्विन,एजेन्सी – रुसले मङ्गल ग्रह र चन्द्रमामा यान पठाउने भएको छ । यान अर्को वर्षको मध्यतिर पठाउने भएको हो । रुसी अन्तरीक्ष अध्ययन केन्द्र रोस्कोमोसका प्रमुख डिमिट्री रोगोजिनले द लुना २५ अटोमेटिक स्टेशन जुलाई र रसियन युरोपियन एक्सोमार्स मिसन सेप्टेम्बर २०२२ मा प्रक्षेपण हुने जानकारी दिनुभयो। रुसले निरन्तर चन्द्रमा र मङ्गल ग्रहमा यान पठाउने […]

मन्त्रालय बाँडफाँडमा विवाद हुँदा मन्त्रिपरिषद विस्तार अझै अन्यौलमा

१९ आश्विन,काठमाडौं – आजै सहमति गरेर मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनका नेताहरुको प्रयास सफल हुन सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका ४ शिर्ष नेताहरुले एक घन्टा छलफल गरेपनि मन्त्रालय र मन्त्रीको टुंगो लाग्न बाँकी रहेको बुझिएको छ । आजको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

३३ किलो सुन काण्ड : गोरे लगायत ६ जनालाई जन्म कैदको सजाय

१९ आश्विन,काठमाडौं – ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ। मंगलबार जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको […]

चीनसँग सीमा समस्या हल गर्न कूटनीतिक पहल गरिने

१९ आश्विन,काठमाडौं – सरकारले चीनसँगको सीमा समस्या हल गर्न कुटनीतिक पहलका लागि प्रक्रिया बढाएको छ । हुम्लास्थित चीनसँगको सीमा क्षेत्रमा केही भू भाग अतिक्रमण भएको निष्कर्षसहित चीनसँग छलफल बढाउनका लागि प्रक्रिया बढाइएको हो । गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्य संयोजक रहेको समितिले दिएको प्रतिवेदनसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । प्रतिवेदनमा केही समस्याहरु रहेको उल्लेख गरे […]

घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाज यसरी निकालिँदैछ

१९ आश्विन,काठमाडौं –मंगलवार विहान काठमाडौवाट नेपालगन्ज उडान गर्ने लाग्दा पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा ध’सिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका कर्मचारी मिलेर निकाल्ने प्रयास गरिएको हो । विमानको पाङ्ग्रा गएर भुइँमा धसिएको छ। जमिन खनेर पाङ्ग्रा निकाल्ने प्रयास गरिएको छ। विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण […]

आइजीपी बन्ने दौडमा ४ जना डिआइजी भारतीय राजदूतावास छिरेको खुलासा

१९ आश्विन,काठमाडौं – नेपाल प्रहरीको २६औं आइजीपी नियुक्ति सबैभन्दा विवादास्पद भएको थियो । त्यतिबेला डिआइजीबाट सिधै आइजीपी नियुक्त हुनुभएको थियो । प्रतिष्पर्धामा ४ जना हुनुहुन्थ्यो । डिआइजी बढुवा हुँदा नवराज सिलवाल पहिलो नम्बरमा  हुनुहुन्थ्यो । दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा जयबहादुर चन्द र चौंथोमा बमबहादुर भण्डारी हुनुहुन्थ्यो। सिलवाल र चन्दबीच चर्को प्रतिष्पर्धा चलेको थियो । दुवैजना […]

एमालेको अवरोधपछि संसद बैठक स्थगित

१९ आश्विन, काठमाडौं – प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०ले अवरोध गरेको छ। एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ। मंगलबारको बैठकमा पनि नाराबाजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो। एमाले सांसदहरूको विरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको […]

कपिलवस्तुमा दुई सयभन्दा बढी बिरामी,दुईजनाको मृत्यु

१९ आश्विन, रूपन्देही – कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेका अनुसार वडा नम्बर ७, ८, ९ मा गएरातिदेखि बान्ता र झाडापखालाका बिरामीको संख्या ह्वातै बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगगञ्जमा गएरातिदेखि उपचार गराउन आउनेको संख्या बढेको डाक्टर मुकेश चौधरीले  बताउनु भयो । अहिले ५२ जना उपचाररत […]

पार्टीको महाधिवेशनपछि आन्दोलन उत्रिन्छौँ : कमल थापा

१९ आश्विन, बिर्तामोड – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको  बताउदै महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने  बताउनुभएको छ।  पुर्बान्चल क्षेत्रको भ्रमणका क्रममा आज बिर्तामोड पुग्नुभएका थापाले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदुरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको बताउदै भ्रस्टाचारले देशलाई थला पारेको बताउनुभयो। धर्मपरिबर्तन,बेरोजगारी समस्या समाधान नगरे […]

काठमाडौंबाट चोरी भएका २१ वटा मोटरसाइकल भेटिए

१९ आश्विन, काठमाडौं –विभिन्न मितिमा राजधानीका फरक फरक स्थानबाट हराएका २१ वटा मोटरसाइकल फेला परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती मोटरसाइकल फेला पारी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन । ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोसाकको टोलीले खोजतलास गरि विभिन्न […]