Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

शीर्ष नेतालाई भट्टराईको सुझाव : राष्ट्रिय सहमति कायम गरी एमसिसी पारित गर्न जोड दिनुस्

१ असोज, काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसँग भेटवार्ता गरी विभिन्न सुझाव राख्नुभएको छ। भट्टराईले बिहीबार गठबन्धनमा रहेका शीर्ष नेतासँग बेग्लाबेग्लै भेट गरी उक्त सुझाव राखेको उहाँको सचिवालयले जानकारी दिएको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, […]

उपत्यकामा यसअघि जारी निषेधाज्ञा कायमै,भीडभाड गर्न नपाइने

३१ भदौ, काठमाडौं –काठमाडौँ उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका अधिकारीको समन्वय र सहमतिमा अर्को सूचना जारी नभएसम्मका उक्त आदेश कायमै रहने गरी निषेधाज्ञा जारी गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा […]

गण्डकीमा थप पाँच सांसदलाई गाडी दिन ऐन संशोधन प्रस्ताव

३१ भदौ, पोखरा- प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूलाई सुविधा दिन बनेको ऐन गण्डकी सरकारले सबभन्दा धेरै पटक संशोधन गरेको छ। यसअघि नै तीन पटक संशोधन भइसकेको यो ऐन अहिले चौथो पटक संशोधनको तयारीमा छ। प्रदेश सभाको मंगलबार बसेको बैठकमा सैद्धान्तिक छलफल गरेर संशोधन प्रस्ताव विधायन समितिमा पठाएको छ। प्रदेश सभाका सांसदलाई सुविधा दिन चौथो संशोधनमार्फत् ऐनमा […]

एकदिन गाउँपालिका अध्यक्ष किन बनाइयो ? १६ वर्षीया सुस्मितालाइ

३१ भदौ, काठमाडौं – गत मंगलबार मोरङको बुढीगंगा गाउँपालिका-२ की १६ वर्षीया सुस्मिता एकदिनका लागि गाउँपालिका अध्यक्ष बन्नुभयो। उहाँलाई गाउँपालिकाले बाल दिवसको अवसरमा एकदिनका लागि अध्यक्ष बनाएको हो। गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले बालबालिकालाई पनि स्थानीय सरकरबारे जानकारी होस् भनेर सुस्मितालाई अध्यक्ष बनाइएको जानकारी दिनुभयो। बालबालिकालाई पनि स्थानीय सरकारले के काम गर्छ भनेर जानकारी होस् भनेर […]

मन्थली नजिकै जीप दुर्घटना, तीनको मृत्यु

३१ भदौ, रामेछाप – ओखलढुंगा आउँदै गरेको बोलेरो रामेछापको मन्थली नगरपालिका वडा नं १ कुनौरी, बोक्सेको भिरमा दुर्घटनामा परेको छ ।  दुर्घटनामा एक महिला सहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालक गम्भीर घाइते भएको सो्रतले जनाएको छ । गम्भिर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर […]

हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात, एक घाइते

३१ भदौ, मकवानपुर  – मकवानपुरको हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । गएराति हेटौंडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेका हुन् । स्वास्थ्यकर्मीमाथि केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले जनाएको छ । बुधबार राति दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौंडा […]

संसारका सय प्रभावशाली व्यक्तिको सुचीमा तालिबान नेता बारदार

३१ भदौ, एजेन्सी – अमेरिकी पत्रिका टाइम म्यागजिनले तालिबान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बारदारलाई सन् २०२१ का प्रभावशाली सय व्यक्तिको सूचीमा राखेको छ। तालिबानहरूले फेरि अफगानिस्तानको सत्ता कब्जा गरेपछि बारदारलाई अन्तरिम सरकारको उपप्रधानमन्त्री नियुक्त गरिएको छ। बारदार यसअघि तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुख हुनुहुन्थ्यो। अमेरिकासँग भएको तालिबानको शान्ति सम्झौतामा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। पछिल्लो […]

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

३१ भदौ,काठमाडौं – काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो ९बुधबार० बेलुका तारकेश्वर नगरपालिका–७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक तारकेश्वर–८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको उपचारका क्रममा ज्यान गएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको महानगरीय […]

सङ्खुवासभा सामूहिक हत्यामा : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

 ३१ भदौ, सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा ट्विस्ट आएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले  बताउनुभयो । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भन्नुभयो–‘अनुसन्धानबाट थप नयाँ […]

रेल चल्ने टुङ्गो बिना नै १५६ कर्मचारी भर्ना !

३१ भदौ, जनकपुर – भारतको कोंकण निर्माण कम्पनीसँग सरकारले दुई सेट ब्रोडगेज रेल खरिद गरेको असोज ३ गते एक वर्ष पुग्दैछ । पछिल्लो एक वर्षदेखि जनकपुर–जयनगर खण्डको इनर्वा स्टेशनमा दुई सेट रेल थन्क्याएर राखिएको छ । रेल छोप्न प्रयोग गरिएका त्रिपाल च्यातिएर चिराचिरा परिसकेको छ । झन्डै एक अर्ब रुपैयाँ खर्चेर सरकारले भारतसँग खरिद गरेर ल्याएका रेलहरू […]