Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

नेपाली सेनाद्वारा विभिन्न पदहरुको लागि दरखास्त आह्वान

३१ भदौ, काठमाडौँ – नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

प्रदेश १ मा मन्त्रिमण्डल बिस्तार

३१ भदौ, बिराटनगर – प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ। पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बनाउनुभएको हो । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, झापाका सांसद हीराकुमार […]

सिंहदरबार मन्त्री विहीनहुँदा सास्ती झेल्दै सेवाग्राही

३१ भदौ, काठमाडौँ – अधिकांश मन्त्रालय मन्त्रीविहीन रहेका कारण सिंहदरबारमा आउने अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन् । महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका अनुसार सिंहदरबारमा दैनिक ६ सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन् । तर, मन्त्रालय मन्त्रीविहीन भएकाले अधिकांश सेवाग्राही रित्तो हात फर्किने गरेका छन् । कास्कीबाट पर्यटनसम्बन्धी काम लिएर बुधबार पर्यटन मन्त्रालयका […]

जसपा फेरि फुट्न सक्ने

३१ भदौ, काठमाडौँ – भदौको दोस्रो साता प्रदेश २ को अस्थायी मुकाम जनकपुरधामबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भन्नुभएको थियो, ‘जसपा भदौ २२ पछि सरकारमा सहभागी हुन्छ।’ सो समयसीमा सकिएलगत्तै भदौ २९ गते सिन्धुलीमाडी पुग्नुभएका यादवले सरकारमा सहभागिताका लागि दल विभाजनसम्बन्धी अध्यादेश बाधक रहेको बताउनुभएको छ । यो अध्यादेश खारेज नभई सरकारमा सहभागी […]

१२ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

३० भदौ, काठमाडौँ – गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरिएको  छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नुभएको हो ।

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

३० भदौ, काठमाडौँ – सशस्त्र प्रहरी बलको विशेष टोलीले विशेष सूचनाको आधारमा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार काठमाडौं–१६ सितापाइला छाउने मार्ग रकचिल्ली रेष्टुरेन्टबाट मेड इन जर्मनी लेखिएको अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने ५ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तारकेश्वर […]

अब जीवनदायी एइडी सहित उड्नेभयो हिमालय एअरलाईन्सका जहाजहरु

३० भदौ, काठमाडौँ – हिमालय एयरलाइन्सले आफ्ना सबै जहाजमा बाह्य रुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखेको छ। उक्त जीवनदायी मेसिन राखिएपछि हिमालयका जहाजहरुमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनिय र आरामदायी हुने निश्चित गरेको छ। अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर जीवनदायी मेसिनले मानिसको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुरु गर्न […]

‘माधव नेपाल तिमीलाई गरिबको आँशुले झैँ पोल्नेछ’ : ओली

३० भदौ, बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गरिबको आँशुसंग तुलना गर्नुभएको छ । बुधबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले छाडेका नेपाललाई गरिबको आँशुले झैँ पोल्ने ठोकुवा गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले नेकपा (एस) का अध्यक्ष आफ्नो पार्टी भत्काए अन्य दलको सरकारलाई समर्थन […]

अर्थमन्त्री शर्मालाई कर्मचारीले टेरेनन्

३० भदौ, काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले २८ साउनमा आन्तरिक राजस्व विभागका कर्मचारीसँग बिफ्रिङ लिने क्रममा आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना माग गर्नुभएको थियो। उहाँले  राजस्व संकलनको अहिलेकै अवस्थाबाट देश विकास सम्भव नभएको भन्दै यसलाई दोब्बर बनाउने गरी कार्यायोजना पेश गर्न भन्नुभएको थियो । तर, उहाँको निर्देशनलाई विभागकै कर्मचारीले नटेरेको स्वयं अर्थमन्त्री शर्माको अभिव्यक्तिले बताउँछ […]

शशिकला र कुमार एक अर्काको साथमा रहने : भिडियो सहित

३० भदौ, काठमाडौँ – सुपरिचित गायिका शशिकला मोक्तान र गायक कुमार लामा योञ्जनको सुमधुर सांगीतिक कोसेली  तिम्रो साथ रहने छु यति बेला युबा पुस्तामा चर्चित बनिरहेको छ।  केहि दिन अघि सार्बजानिक गीतको अडियो संगै भिडियोलाई पनि सकारात्मक प्रतिक्रिया सहित दर्शकले माया गरिरहेको गायक योञ्जनले बताउनु भयो। हुन त शशिकला मोक्तान आफैमा चर्चित गायिका हुन् , […]