Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु असन र रुपन्देहीबाट पक्राउ

३० भदौ, काठमाडौँ –प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(१४ बल्खु बस्‍ने ४८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं महानगरपालिका- २९ असन बस्‍ने ३६ वर्षीय बिनम श्रेष्ठ रहेका छन् । प्रकाशलाई रुपन्देहीबाट र बिनमलाई काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले […]

पार्वती कार्कीले मनाइन् मानवसेवाआश्रममा छोरीको जन्मदिन

३० भदौ,  काठमाडौँ –लायन्स क्लव अफ काठमाडौं रोजकी अध्यक्ष पार्वती कार्कीले अष्टे्रलियाममा रहेकी छोरीको जन्मदिन मानवसेवा आश्रममा मनाउनुभएको छ । अध्यक्ष पार्वती कार्कीले हाल अष्ट्रेलियामा रहेकी छोरी एन्जिला खत्रीको जन्मदिनको अवसरमा आश्रमा भोजन गराउनु भएको हो । मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण तथा बालगोपालहरुका लागि एक छाक भोजन गराउनु भएको हो । मानव धर्म भनेकै एकले अर्काको […]

एमसीसीको बिषयमा राजेश र करिश्माको धारणा

२९ भदौ, काठमाडौँ – एमसिसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) को बहसमा सिंगै नेपाल प्रवेश गरेको छ । अमेरिकाले दिन लागेको यो अनुदान लिन हुन्छ या हुँदैन भन्ने बिषयमा नेपालीहरुको आ आफ्नै धारणा छ । यो विषयमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि आफ्ना धारणा सामाजिक संजालबाट दिनुभएको छ । नायक हमालले एक भिडियो सार्वजनिक गर्दै […]

बेपत्ता बालिकाको शव ८ दिनपछि फेलापर्यो

२९ भदौ, पाँचथर – पाँचथरमा हेंवाखोलाले बगाएपछि बेपत्ता रहेकी बालिकाको शव आठ दिनमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मंगलबार फेला परेको हो। बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको […]

असोज १५ पछि पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटिने

२९ भदौ, काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरुलाई भाडा सम्झौता गर्न आउन आगामी १५ असोजसम्मको समयसीमा दिएको छ । केही सेवा प्रदायकहरुले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भए बमोजिम जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेश गरी नविकरण नगरेको, परिमार्जित […]

पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध

२९ भदौ, काठमाडौँ – तस्बिर स्रोत : दानबहादुर गुरूङको फेसबुकबाट पहिरो झरेपछि मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक […]

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा महतो चयन

२९ भदौ, काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ । संसदीय दलको विधान सङ्घीय संसद्मा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने नेता महतोले बताउनुभयो । प्रदेश […]

‘तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्न मौरीपालक महासंघको माग

२९ भदौ, काठमाडौँ – दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ । यसप्रति मौरीपालक महासंघ दुःखित […]

एक हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि १९ जनाको मृत्यु

२९ भदौ, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४ हजार ४४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण भएको छ। त्यस्तै, एक […]

जाजरकोटको गेरेनीमा जीप दुर्घटना, दुईको मृत्यु

२९ भदौ, जाजरकोट – जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र  नाम नखुलेका अन्दाजि २५ बर्षिय एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । दुवै […]