Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

संखुवासभा सामूहिक घटना : एक जना पक्राउ

संखुवासभा,२६ भदौ-संखुवासभाको मादी नगरपालिका-१ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हत्यामा संम्लग्न भएको आरोपमा मादी-१ उम्लिङखोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। घटनाको बारेमा थप जानकारी आइतबार पत्रकार सम्मेलन गराउने डिएसपी सुवेदीले बताए। गत सोमबार मादी–१ उम्लिङको […]

महोत्तरीमा कार्यक्रम स्थगित गरेर नेपाल कर्णाली प्रदेश तिर

भदौ २६ ,महोत्तरी-नेकपा (एकीकृत समाजवादी)पाटीका अध्यक्ष माधवकुमार नेपाल आज शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ । महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महोत्तरी आउने कार्यक्रम थियो। नेपाल  कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए। फेरि छिट्टै अर्को मिति तय […]

पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन

भदौ २६ काठमाडौँ-पूर्वराजदूत एवं डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ। नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्। उनको शनिबार दाहसंस्कार गरिने भएको छ।

विराटनगरमा एक पुरुष मृत फेला

भदौ २६, विराटनगर-विराटनगर बसपार्क छेउमा  एक जना पुरूष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार अन्दाजी ४५ वर्ष उमेरको देखिने ती पुरुष शुक्रबार दिउँसो बसपार्क छेउमा मृत अवस्थामा फेला परेका हुन्। मृतकको पहिचान खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले घट्ना बारे अनुसन्धान थालेको छ।

आज ऋषिपञ्चमी यस्तो छ शास्त्रिय मान्यता

भदौ २५ काठमाडौँ-भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले […]

एमाले सांसदले खोस्न लागेपछि प्रधानमन्त्रीले लुकाए आफ्नो माइक !

२५ भदौ,काठमाडौँ-प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदको अवरोध बीच अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन्। रोस्टममा र मर्यादापालक र सांसदबीच घम्साघम्सी चलेको थियो। आर्थिक वर्ष २०७८(७९ को लागि प्रतिस्थापन विधेयक प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय […]

दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा

२५ भदौ,काठमाडौँ-सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्। सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो।प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

फरार अभियुक्त तीन वर्ष पछि पक्राउ

२५ भदौ,पर्सा-सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भई विगत तीन वर्षदेखि फरार रहँदै आएका पर्साको पर्सागढी नगरपालिका–५ निवासी ४८ वर्षीय मदन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ। सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा १५ भदौ २०७५ देखि फरार रहँदै आएका मिश्रलाई गएराति पर्सागढी नगरपालिका-२ बगवानाबाट प्रहरीले पक्राउ गरेको हो। कीर्ते मुद्दामा दोषी ठहर गर्दै पर्सा जिल्ला […]

मापदण्ड विपरित कार्य गरेको आरोपमा पोखराबाट एक व्यापारी पक्राउ

२५ भदौ,पोखरा-पोखरामा पछिल्लो समय सटर बनाउँदै भाडामा लगाउने सटर व्यापारी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। फेवाताल किनारमा मापदण्ड विपरित जग्गा पुर्ने र पर्खाल लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । गुण्डागर्दी पृष्ठभूमीका खतिवडा पछिल्ला दिनमा सटर व्यापारमा जमेका छन्। उनले सटर व्यापारकै लागि पोखरा १८ सेदीमा सीमसार पुरेर संरचना निर्माण गरिरहेका छन्। पटक पटक […]

लोकसेवा जागिर लगाइदिने भन्दै ठगी गर्नेको साथबाट भेटियो सर्वोच्च अदालतको छाप

२५ भदौ,सुनसरी-लोकसेवाको जागिर लगाइदिने भन्दै पैसा लिएर ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । महोत्तरी पशुपतिनगर-४ घर भई धरान-५ तल्लो देउराली बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछानेलाई निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले लामिछाने बसेको घरको कोठामा खानतलासी गदा सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप १ […]