Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

स्थगित भयो कुलमान घिसिङ विरुद्धको मुद्दा

२५ भदौ,काठमाडौँ-नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्ति खारेज मुद्दाको सुनुवाइआजको लागि स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई आजको लागि सुनुवाई स्थगित भएको हो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएको दावी गर्दै हितेन्द्रदेव शाक्यले […]

प्रधानमन्त्री देउवा र (एमसीसी)की उपाध्यक्ष सुमार को पुत्ला दहन

२५ भदौ,काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिम सुृमार, प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन्। शुक्रबार कीर्तिपुरस्थित त्रिवि गेटअगाडि विद्यार्थीहरुले एमसीसीकी उपाध्यक्ष र एमसीसीको पक्षमा बोल्ने नेपाली नेताहरुको पुत्ला बनाएर दहन गरेका हुन् । विद्यार्थीहरुले राष्ट्रघाती सम्झौता र नेपाली लेन्डुपेहरुविरुद्ध उत्रिने […]

‘हेर्न नमिल्ने’ मा पर्यो अफताव आलमको मुद्दा

२५ भदौ,काठमाडौँ-व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताव आलमले दर्ता गरेको निवेदनउपरकोे सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ। आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो।  तर, पछि अदालतले ‘हेर्न नमिल्ने’ मा राखेको हो […]

नेपाल प्रहरीको २ सय २१ पदमा जागिर खुल्यो

भदौ २५,काठमाडौँ-नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ । त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ […]

एक सातादेखि कोशी राजमार्ग अवरुद्ध

भदौ २५,सङ्खुवासभा- सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो। पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ। उत्तर–दक्षिण सडकखण्डको मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सिमाना मकालु–३ हाइटारमा पहिरो खसेपछि सडक […]

पशुपतिनाथ मन्दिरको मूल ढोका आजबाट खुला

भदौ २५,काठमाडौँ- झण्डै ५ महिनापछि पशुपतिनाथ पशुपतिनाथ मन्दिरको मूल ढोका आजबाट भक्तजनहरुको लागि खुला गरिएको छ। बिहीबार क्षमा पूजा गरेपछि आज बिहानबाट पशुपतिनाथको मन्दिर भक्तजनहरुका लागि खुला गरिएको हो। कोरोना भाइरसको संक्रमणकै कारण बन्द रहेको  गुह्वेश्वरीतर्फका ढोका पनि खुला गरिएको छ । यसअघि कोरोना भाइरसको नयाँ भेरियन्ट पाइएपछि गत बैशाख १० गतेबाट पशुपतिको मूल ढोका […]

तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना छैन मौसम पूर्वानुमान

२५ भदौ,काठमाडौँ-मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको मौसमविद्ले बताएका छन् । मौसमविद् समीरकुमार श्रेष्ठले मौसम प्रतिकूल हुने सम्भावना नरहेको अर्थात् भारी र अतिभारी वर्षा नहुने बताए। ‘तर वर्षा नै […]

एमसीसी अनुदानका विषय भएकाले यसमा विवाद नहुनुपर्ने हो: (एमसीसी) उपाध्यक्ष फातिमा

 २४ भदौ,काठमाडौँ-अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले ‘एमसीसी’ अनुदानका विषय भएकाले यसमा विवाद हुनुनपर्ने बताएकी छन्। विहीबार नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा एमसीसी उपाध्यक्ष सुमारले यस्तो बताएकी हुन्। उक्त भेटमा सुमारले एमसीसीका बारेमा एमालेको धारणा बुझ्न खोजेकी थिइन् । सोही क्रममा सुमारले एमसीसी अनुदानका विषय भएकाले यसमा विवाद […]

राष्ट्र बैंकले भन्यो: क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी

२४ भदौ,काठमाडौ-नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने […]

पछिल्लो २४ घन्टामा १२७१ जना संक्रमित, १४ जनाको मृत्यु

२४ भदौ,काठमाडौँ-पछिल्लो २४ घन्टामा नेपालमा थप १२७१ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। यस्तै पछिल्लो २४ घन्टामा १८४५ जना निको भएका छन्। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको […]