समाचार
उपत्यकामा भोलीदेखि जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने
१४ असार, काठमाडौं– काठमाडौ उपत्यकामा भोलीदेखि सार्वजनिक सवारी साधन खुला हुने भएको छ । आज बिहान बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सार्वजनिक सवारीसाधन खुला गर्ने निर्णय गरेको हो । प्रशासनले २५ सिट भन्दा बढी क्षमता भएका सवारी साधन सञ्चालन गर्न दिइने निर्णय भएको चलाउन दिने निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक […]
कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वबाट संविधानमाथि प्रहार भयो : नेता नेपाल
१४ असार, काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकार जनविश्वासको जगमा देशको संविधान अनुसार र पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी सञ्चालन नभएको बताएका छन्। तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा उनले एक वक्तव्य जारी गर्दै राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने […]
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै
१४ असार, काठमाडौँ – निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो ।
गैंडा तस्कर गैंडाकोटबाट पक्राउ
१४ असार काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा भएका गैडाको ४ वटै चोरी शिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैडाकोट नगरपालिका वार्ड ३ बस्ने बर्ष ३० का राजमान मगर भन्ने राजमान थापा मगर कानूनी दायरामा आएका हुन् । निकुञ्जका सूचना अधिकारी […]
स्नातक नभएका पूर्वमन्त्री कार्कीलाई राजदूत नियुक्त नगर्नुः सर्वोच्च
१३ असार, काठमाडौं– स्नातक नगरेका युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । राजदूतको योग्यतासम्बन्धी रिटमा फैसला गर्दै सर्वोच्चले कार्कीलाई नियुक्त नगर्न आदेश दिएको हो । सर्वोच्चका नयायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको इजलासले सरकारका नाममा उक्त आदेश दिएको हो। मन्त्रिपरिषद्को जेठ २५ को बैठकले राजदूतसम्बन्धी निर्देशिका […]
९ हजार नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या
१३ असार, काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणका भएर मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । । आइतबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेसँगै कोरोना संक्रमितको संख्या ९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नेपालमा आइतबार मात्र ३४ जनाको मृत्यु भएको छ ।
आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना
१३ असार, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ। मनसुनी वायुको प्रभावले बिहान देशभर सामान्यदेखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि […]
थप २०१६ जना कोरोना संक्रमण, ३० मृत्यु
१२ असार, काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २ हजार १६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ८ सय १० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ […]
दीप श्रेष्ठ अस्वस्थ भएपछि भ्वाइस अफ नेपालमा नयाँ कोच
१२ असार, कामठाडौँ – टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा नयाँ कोच चुनिएका छन् । भ्वाइस अफ नेपालमा गायक राजेशपायल राईले कार्यभार सम्हालेका छन् । सोही सो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट राईले कार्यभार सम्हालेका हुन् । कोरोनाभाइरस संक्रमण भए घरमा नै स्वास्थ्य लाभ गरिररहेका […]
सर्लाहीमा वडाध्यक्षको हत्या
१२ असार, काठमाडौँ – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । एसपी राठोरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । […]



