समाचार
२०२६को पहिलो महिनामै भित्रिए ९२ हजार बढी विदेशी पर्यटक, कुन देशबाट कति ?
काठमाडौँ । सन् २०२६ को पहिलो महिनामा ९२ हजार भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ९२ हजार ५७३ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन सन् २०२५ को जनवरीको तुलनामा १५।७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन […]
बाजुरामा एक हजार आठ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
बाजुरा। पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने छ । स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काले यस वर्ष जिल्लामा कक्षा ६ […]
गोदार चौकको नालामा ‘कमसल काम’को आरोप: मोतीदान कन्स्ट्रक्सन विवादमा, स्थानीय आक्रोशित
२६मंसिर जनकपुरधाम:धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत गोदार चौकमा मोतीदान कन्स्ट्रक्सनले निर्माण गर्दै आएको नालामा ठूलो लापरवाही भएको प्रमाण फेला परेको छ। स्थानीय बासिन्दाले कमसल सामग्री प्रयोग, काममा दिनदिनै देखिएको कमजोरी तथा निर्माण कम्पनीको गैर-जिम्मेवारीपूर्ण कार्यशैलीबारे गम्भीर आपत्ति जनाएका छन्। स्थानीयहरूका अनुसार नाला निर्माणका लागि प्रयोग गरिएका ढुंगा–गिट्टी, बालुवा तथा सिमेन्टकै गुणस्तर कमजोर […]
पारिवारिक मूल्यमान्यता विषयक एकदिने कार्यशाला बुटवल-१९ मा सम्पन्न
काठमाडौँ-पारिवारिक मूल्यमान्यता सम्बन्धी एकदिने कार्यशाला गोष्ठी बुटवल उपमहानगरपालिका–१९, मिलन टोलमा सम्पन्न भएको छ। फेमिली पीस एसोसिएशन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको जिम्मेवारी भुपेन्द्रबहादुर भण्डारीले वहन गर्नुभएको थियो भने युवा नेतृ सन्ध्या बस्यालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा ३२ जना सहभागीहरूको उपस्थिति रहेको थियो। स्थलगत सहजीकरण पत्रकार सरिना मरासिनीले गर्नुभएको थियो। सहभागीहरूले “वर्तमान परिवेशमा पारिवारिक […]
छठ पर्वको दिन सिरहामा विष हालेर पोखरीका २५ क्विंटल माछा मारे — संचालकलाई ७ लाख ५० हजार बराबरको क्षति!
✍️सिरहा समाचारदाता सिरहा । धार्मिक पर्व छठको अवसरमा श्रद्धा, भक्ति र सफाइको वातावरणमा खलल पार्दै अज्ञात व्यक्तिले सिरहा नगरपालिका–१५ माडर स्थित काली मन्दिर सार्वजनिक पोखरीमा विष हालेर करीब २५ क्विंटल माछा मारेका छन्। यस घटनाले स्थानीय समुदाय र माछा पालन व्यवसायीहरूमा तीव्र आक्रोश फैलिएको छ। उक्त पोखरी सिरहा नगरपालिका–१५ का दिलीप कुमार सहनीले ठेक्कामा लिएर […]
जसपा नेपालको केन्द्रीय निर्वाचन आयोगका सदस्य धर्मेन्द्र मरबैताको राजीनामा — “विधान विपरीत फर्जी मतदाता सदरी अपराधको साक्षी बन्न सक्दिन”
✍️दिनेश सहनी जनकपुरधाम, १ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक राजनीतिक गतिविधिमा पुनः विवाद उत्पन्न भएको छ। मधेश प्रदेश अधिवेशनको क्रममा पार्टीको विधान विपरीत फर्जी मतदाता सदर गरिएको आरोप लगाउँदै केन्द्रीय निर्वाचन आयोगका सदस्य धर्मेन्द्र मरबैताले आफ्नो पदबाट राजीनामा दिएका छन्। मरबैताले शुक्रवार विभिन्न सामाजिक संजाल विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्व, विशेषगरी निर्वाचन […]
सिरहाको सीमामा पुनः लागुऔषध तस्करी प्रयास विफल, झण्डै ६५ किलो गाँजा बरामद
✍️दिनेश सहनी सिरहा, साउन २६। सिरहाको सीमावर्ती क्षेत्र पटेर्वामा ईलाका प्रहरी माड़रले अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाको मातहात रहेको ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गए राती (शनिवार) करिब ९ बजेको समयमा उक्त अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय माडरका इन्चार्ज प्रहरी बरिष्ठ […]
पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास
सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत […]
नख्खु कारागार फर्किए रास्वपा सभापति रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो । सामाजिक सञ्जालमा शनिबार एक भिडियो सन्देश जारी […]
‘जेन-जी’ आन्दोलनः परिवर्तनको मोडमा देश !
सामाजिक सञ्जालमार्फत सुरु भएको एन्टी करप्सन अभियानका रूपमा विकसित ‘जेन (जी) आन्दोलन’ले देशलाई एक गम्भीर र निर्णायक मोडमा पुर्याएको छ । विगतका पुस्ताबाट निरन्तर हुँदै आएको भ्रष्टाचार, अपारदर्शिता र सत्ताको दुरुपयोगप्रति आजको पुस्ताले सार्वजनिक रूपमा प्रश्न उठाउनु र प्रतिकार गर्नु स्वाभाविक थियो । ‘बा, काका पुस्ताको असफलता, मौन समर्थन र अनियमितताप्रति आँखा चिम्लिने प्रवृत्तिका कारण […]



