Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

बेलझुन्डीस्थित कोरोना अस्पतालमा अक्सिजन अभाव, ४० बिरामीको ज्यान जोखिममा

१९ वैशाख, काठमाडौँ – दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा अक्सिजन अभाव भएको छ । अक्सिजन नभएपछि ४० बिरामीको ज्यान जोखिममा रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताउनु भयो । अहिले अस्पतालमा रहेका ५९ बिरामीमध्ये ४० जनालाई अक्सिजन आवश्यक रहेकोमा मौज्दात रहेको अक्सिजन पनि सकिएको उहाँले जानकारी दिनु भयो । ‘हिजो रातिदेखि नै अक्सिजनको व्यवस्था गर्न अनुरोध […]

काठमाडौंमा एकैदिन १ हजार ९ सय ३२ कोरोना संक्रमित थपिए

१८ वैशाख, काठमाडौँ- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा देशभर पाँच हजार ७ सय ६ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४ सय ९५ संक्रमित […]

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

१७ बैशाख,काठमाडौँ – भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।  […]

सर्वोच्च अदालतले तोक्यो रिट निवेदन र सुनुवाइ समय

१७ बैशाख, काठमाडौँ – सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म रहेको छ । ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको […]

अहिलेको निषेधाज्ञा ‘चेन ब्रेक’ गर्न हो : उपप्रधानमन्त्री पोखरेल

१७ बैशाख, काठमाडौँ – नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ  । उपप्रधानमन्त्री पोखरेलले सबैलाई हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपील समेत गर्नुभयो  । शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा […]

एकीकृत रूपमा एम्बुलेन्स सञ्चालन गर्न मन्त्रालयको आग्रह

१७ बैशाख, काठमाडौँ –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृत रूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गर्नु भएको हो । “कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा […]

पूर्वप्रधानमन्त्री भट्टराईको वीर अस्पतालमा अपरेसन सम्पन्न

१७ बैशाख, काठमाडौँ  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटको अपरेसन गरिएको छ । वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको अपरेसन गरिएको हो । “पेटको न्यूरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना, बा !,” भट्टराईकी एक मात्र सन्तान मानुसी यमी भट्टराईले ट्विटरमा लेखेकी छन्, “शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना ।” केही […]

खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण

१७ वैशाख, काठमाडौँ – खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा थापालाई कोरोना पोजेटिभ पुष्टि भएको हो। थापाले छोरीलाई कोरोना संक्रमण भएपछि बिहीबार पीसिआर परीक्षण्का लागि स्वाब दिएका थिए ।

तीन कोरोना सङ्क्रमितको मृत्यु

१७ वैशाख, पर्सा – वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० […]

बालबालिकालाई कोरोना हुनबाट कसरी बचाउने ?

१६ बैशाख, काठमाडौँ  – कोरोनाको दोस्रो लहरमा संसारका प्रायस् देशहरुको स्थिति दिन दिनै नराम्रो हुँदै गइरहेको छ । विशेषज्ञका अनुसार यस पटकको भाइरस म्यूटेटेड छ र यो बालबालिका लागि पनि उत्तिकै खतरनाक छ । यसले ठूलो संख्यामा बालबालिकाहरुलाई संक्रमित बनाइरहेको छ । भारतमा अहिले संसारभरमा सबैभन्दा धेरै संक्रमण देखिएको छ । यस्तो अवस्थामा आफ्ना बालबालिकालाई […]