Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

बाँकेमा उपचाररत ३ संक्रमितको मृत्यु, एकजनाले घरमै गरे आत्महत्या

१२ र्बैशाख, काठमाडौँ – बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ । कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् । कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् […]

स्वास्थ्य मन्त्रालयद्वारा लकडाउन गर्न सुझाव

११ काठमाडौँ | स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा चार साता लकडाउन गर्न सुझाव दिएको छ । पछिल्लो कही दिनदेखी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको हो । मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सुझाव पठाएको भएपनि यसको निर्णय भने भएको छैन् । शनिबार अपरान्ह ४ बजे […]

कोरोना महामारी नियन्त्रणका लागि तयारी थाल्न मुख्यमन्त्री राउतको निर्देशन

१० वैशाख, काठमाडौँ – प्रदेश-२ सरकारले कोरोना महामारी नियन्त्रणका लागि योजना बनाउँदै तयारी थाल्न सबै निकायलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रादेशिक कारोना संकट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै निकायलाई आ-आफ्नो तयारीमा कुनै किसिमको कमी नराख्न निर्देशन दिएका हुन् । कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई […]

सक्रिय संक्रमित झन्डै १५ हजार, शुक्रबार २५ सय संक्रमित थपिए

१० बैशाख, काठमाडौँ – शुक्रबार नेपालमा कोरोनाभाइरसका २ हजार ५ सय ५९ जना संक्रमित थपिएका छन् । ९ हजार ६ सय ६४ वटा पीसीआर र एन्टीजेनका नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल संक्रमित संख्या २ लाख ९४ हजार ६ सय १ जना पुगेको छ । २४ घण्टामा थप ५ जनाको मृत्यु भएको […]

कोरोनाका २ हजार ४२८ संक्रमित थपिए

९ बैशाख, काठमाडौँ – नेपालमा कोरोनाभाइरस (कोभिड-१९) का २ हजार ४ सय २८ संक्रमित थपिएका छन् । १ हजार १ पीसीआर र ४ सय ४७ एन्टीजेन परीक्षण गर्दा पीसीआरतर्फ २ हजार ३६५ र एन्टीजेनतर्फ ६३ गरी २ हजार ४ सय २८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

एकैदिन थपिए २३५१ कोरोना संक्रमित

८ वैशाख, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका […]

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कोरोना संक्रमण

७ बैशाख काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण भएको छ । कुम्भ मेला हरिद्वार जानु भएका पूर्वराजा आइतबार स्वदेश फर्किनु भएको हो । कुम्भमा सहभागी भएकाहरु धेरै कोरोना संक्रमित भइरहेका बेला पूर्वराजामा पनि संक्रमण देखिएको हो । कृतिका शाहले ट्वीटरमा ज्ञानेन्द्र कोरोना संक्रमित भएको भन्दै स्वास्थ्य लाभको काम गर्दै पोस्ट गरेकी छन्। ज्ञानेन्द्र हरिद्वारबाट […]

दोब्बरले बढ्न थाले कोरोना संक्रमित, शुक्रबार मात्रै नौ सयजनामा पुष्टि

३ बैशाख, काठमाडौँ –  नेपालमा कोरोना संक्रमितको संख्या दोब्बरले बढ्न थालेको छ। बिहीबार चार सयको हाराहारीमा भेटिएका संक्रमित शुक्रबार दोब्बरले बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ सयजना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणबाट ८ सय ३६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जना नयाँ […]

त्रिभुवन विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’

 २ बैशाख, काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’ अभियान सुरु गरेको छ । कोरोना महामारी बढ्दै गएको अवस्थामा विमानस्थलमा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गराउन अभियान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले विमानस्थलमा भिडभाड नगर्न, सामाजिक दुरी कायम गर्न, मास्क, पञ्जा र पीपीईको प्रयोग गर्न, विदेश जाने यात्रुलाई अनिवार्य पीसीआर रिपोर्ट […]

सर्लाहीमा संक्रमितको संख्या बढ्दै, आईसीयु र भेन्टिलेटरको अभाव

२ बैशाख काठमाडौँ ।  सर्लाहीमा कोरोना संक्रमितको संख्या बढिरहे पनि यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी गरिएको छैन । जिल्लाका अस्पतालहरुमा आईसीयु तथा भेन्टिलेटरको समेत व्यवस्था छैन । सबै पालिकाले कोभिड अस्पताल समेत सञ्चालन गर्न सकेका छैनन् । प्रदेश सरकारले सबै जिल्लामा पिसिआर मसिन जडान गर्ने निर्णय गरे पनि हालसम्म जडान भएको छैन । […]