Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन

१६ बैशाख, काठमाडौँ – रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । सैनामैना–१ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेका छन् । अस्पतालमा अक्सिजन सिलिण्डर थप भएमा ५० बेडमै लक्षणसहितका संक्रमितलाई […]

पूर्वरानी शाह आइसियूमा, हाईफ्लो अक्सिजनको सपोर्ट

१६ वैशाख, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्यमा समस्या नदेखीएको नर्भिक अस्पतालले भनेको छ । […]

स्वास्थ्य मन्त्रालयलको चेतावनी

१४ बैशाख, काठमाडौँ – पीसीआर परीक्षणका लागि सरकारी ल्याबमा १ हजार र निजी ल्याबमा २ हजार  शुल्क निर्धारण, बढी शुल्क लिए कारबाही गरिने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका नाममा तोकिएकोभन्दा बढी शुल्क लिने ल्याबलाई कारबाही गरिने चेतावनी दिएको छ । मन्त्रालयले हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र निजी ल्याबहरुमा […]

कोरोनाबाट थप १२ जनाको मृत्यु, ३४ सय ४२ जनामा संक्रमण

१३ बैशाख काठमाडौँ – नेपालमा कोरोना भाइरसका कारण थप जनाको १२ मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय जनामा गरिएको परीक्षणमा ३४ सय […]

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

१३ बैशाख, काठमाडौ – दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यही वैशाख १४ गते राति […]

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

१३ बैशाख, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।  स्वास्थ्य मन्त्रालयले  उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा. […]

उपत्यकाका तीन जिल्लाका सिडिओहरु बैठकमा लकडाउन गर्न प्रस्ताव

१३ बैशाख काठमाडौँ – उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारीबार छलफल गरिएको छ । सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बसेको बैठकले उपत्यकामा लकडाउन गर्न सरकारसँग प्रस्ताव गरेको जनाइएको छ । तीन जिल्लाका सिडिओहरुले एक दर्जनभन्दा बढी सेवा सञ्‍चालनमा रोक लगाइने विषयमा पनि छलफल गरेका छन् । यसैगरी बैठकले सार्वजनिक […]

कर्मचारीमा कोरोना देखिएपछि औषधि व्यवस्था विभागद्धरा नविकरण बाहेकका काम स्थगित

१२ बैशाख काठमाडौँ– औषधि व्यवस्था विभागका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। कर्मचारीमा कोराना संक्रमण देखिएपछि औषधि व्यवस्था विभागद्धरा नविकरण बाहेकका काम स्थगित गरिएको हो । दुई जना फार्मेसी निरीक्षक र एक जना व्यवस्थापकलाई संक्रमण देखिएपछि विभागले आफ्नो नियमित कामहरु प्रभावित भएको जनाएको छ। नविकरणबाहेक अरु काम तत्कालका लागि स्थगित गरिएको विभागले जानकारी दिइको […]

यही दरमा सङ्क्रमित थपिँदै गए केही दिनमै अस्पतालमा ठाउँ पाइँदैन : मन्त्रालय

१२ वैशाख, काठमाडौं – अहिलेकै दरमा कोरोना सङ्क्रमितको संख्या थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयले सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको हो । जारी सूचनामा भनिएको छ, ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यहीँ गतिमा कोरोना […]

पर्यटक विकास परिषद् पहलमा पर्यटन व्यवसायी लगाए चिनियाँ खोप ‘भेरोसेल’

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको पहलमा पर्यटन व्यवसायीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । परिषद्को पहलमा उपत्यकाका पर्यटन व्यवसायीले सो खोेप लगाएका हुन् । उपत्यकाका आठ हजार भन्दा बढी पर्यटन व्यवसायीले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । पर्यटन व्यवसाय विपत समन्वय समितिका अनुसार परिषद्का सदस्य तथा त्यहाँ आवद्ध पर्यटन व्यवसायीहरूलाई खोप प्रदान गरिएको […]