स्वास्थ्य
कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना
१७ असोज काठमाडौँ – संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए। ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ–गाउँमा पु९याउने स्थिति […]
कोरोनाको केन्द्र बन्दै उपत्यका, हालसम्मकै उच्च संक्रमण
१७ असोज काठमाडौं – भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्रयाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिक […]
काठमाडौं उपत्यकामा शुक्रबार १६ सय ३८ संक्रमित थपिए
१५ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार २ सय ८० जना संक्रमित थपिएका […]
एकै दिन २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि
१६ असोज काठमाडौं – मुलुकमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७ सय २२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ८२ हजार ७ सय ५० पुगेको छ ।
कोभिड अस्पतालमा सङ्क्रमितबाट शिशु जन्म
१६ असोज काठमाडौँ – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो । उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो । बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको । शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले […]
सरकारले वार्तामार्फत केसीको माग सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव
१६ असोज काठमाडौँ – पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले सरकारले अनशनत डा.गोविन्द केसीको माग वार्तामार्फत सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । आज अनशनरत डा.केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुग्नुभएका पूर्वराष्टपति यादवले सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनु भएको हो । यादवले भन्नुभयो, चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत केसीले सत्याग्रहमार्फत […]
अहिलेसम्मकै उच्च संक्रमण, पैसाबाट पनि कोरोना सर्ने
१६ असोज काठमाडौँ – नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ। बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय ८३ जना पुरुष छन्। थपसहित ७९ हजार ७ सय २८ जना संक्रमित भइसकेका छन्। संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना छन्। त्यसमा […]
हालसम्मकै उच्च संख्यामा संक्रमित फेला, १ हजार ९११ जनामा संक्रमण पुष्टि
१५ असोज काठमाडौं – मुलुकमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ११ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
कोरोना परीक्षणका नाममा बढी शुल्क लिए लाइसेन्स नै खारेज हुनसक्ने
१५ असोज काठमाडौं – कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । केही प्रयोगशालासँग बुझ्दा सरकारले तोकेको शुल्कभन्दा दोब्बर रुपैयाँसम्म शुल्क लिएको […]
घाँटी रेटेर आत्महत्या प्रयास गरेका बुटवलका कोरोना संक्रमित पुरुषको मृत्यु
१४ असोज बुटवल – आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१० का ७६ वर्षीय पुरुष रहेका छन् । असोज १२ गते घरमा आफैंले घाँटीमा हसियाले रेटेर आत्महत्याको प्रयास गर्दा उनी घाइते भएका थिए । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन […]



