Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

१२ असोज काठमाडौँ – विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार साँझसम्म […]

कोरोना भाइरस नेपालः दशैँ-तिहारमा फेरि लकडाउन हुनसक्ने चिन्ता, यसो भन्छन् विज्ञ

१० असाेज काठमाडौँ – नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनस् लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ। यसको सङ्केत मन्त्रालयले तीन दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा दिइसकेको छ। दशैँ, तिहार तथा छठ मुखमै आएको बेला महामारीका कारण फेरि […]

एम्बुलेन्स लिएर सङ्क्रमितको घर घरमा पुगे वडाध्यक्ष

१० असोज काठमाडौँ – खडक नगरपालिका–८ स्थित सङ्क्रमित पत्रकारको घरमा साइरन बजाउँदै दुई एम्बुलेन्स र एक प्रहरी भ्यान गएर बिहान टक्क रोकियो । वडा नं ८ का वडाध्यक्ष इसराइल मियाँ र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीसहितको टोली बिहान ११ः०० बजे सङ्क्रमित पत्रकारको घर पुगे । तीन कोठाको अलग÷अलग ओछ्यानमा छ जना आइसोलेट […]

कोरोनका कारण बबई बहुमुखी क्याम्पस प्रमुख अग्रवालको मृत्यु

१० असोज काठमाडौँ –  बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उहाँको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उहाँ होमआइसोलेशनमै बस्दै आउनुभएको थियो । आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उहाँको निधन भएको भेरी अस्पताल […]

काठमाडौं उपत्यकामा ६ सय ४५ संक्रमित थपिए

९ असोज  काठमाडौं –  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९१ र संक्रमित […]

एकै दिन १ हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भए

९ असोज काठमाडौं कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । निको […]

एकै दिन १ हजार ३ सय १३ संक्रमित थपिए

९ असोज काठमाडौं – मुलुकमा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

कर्णालीमा थप ११ जनामा कोरोना पुष्टि

८ असोज काठमाडौँ – कर्णाली प्रदेशमा आज ११ जना कोरोनाभाइरसका नयाँ विरामि थपिएका छन् । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना कोभिड–१९ पोजेटिभ देखिएको हो । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको स्वाव परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । […]

काठमाडौं उपत्यकामा बिहीबार ७ सय ५५ संक्रमित थपिए

८ असोज  काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ५५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय ९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९५ र संक्रमित थपिएका […]

कोरोना संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४ सय ११ पुग्यो

८ असोज काठमाडौं – कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ५७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय ५७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५० हजार ४ सय ११ पुगेको छ । निको हुनेको यो प्रतिशतमा […]