Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

जुम्लाबाट काठमाडौँ आएका अनशनरत डा. केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगियो

६ असोज काठमाडौं – अनशनरत डाक्टर गोविन्द केसीलाई वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । जुम्लाबाट अनशनकै क्रममा काठमाडौं आएका डाक्टर केसीलाई त्रिभूवन विमानस्थलबाट सीधै ट्रमा सेन्टर लगिएको हो । डाक्टर केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनुपर्ने, प्रत्येक प्रदेशमा मेडिकल कलेज सञ्चालन हुनुपर्ने, पीसीआर परीक्षणलाई तीब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने जस्ता […]

विश्वभर पछिल्लो सात दिनमा करिब २० लाख कोरोना संक्रमित

६ असाेज काठमाडौँ – कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले जनाएको छ  । पछिललो सात दिन (एक हप्ता) को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ । डब्लुएचओको पछिल्लो तथ्याङ्क अनुसार सेप्टेम्बर १३ देखि २० सम्ममा  १९ लाख ९८ हजार ८९७ व्यक्ति […]

ओखलढुंगा अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा डाक्टर केसीको समर्थनमा प्रदर्शन

६ असोज काठमाडौं –  जिल्ला अस्पताल ओखलढुंगाका स्वास्थ्यकर्मीहरुले डाक्टर गोविन्द केसीको १९ औं अनशनलाई समर्थन गरेका छन् । केसीको जीवनरक्षा गर्दै राजनीतिक हस्तक्षेप बन्द गर्न र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन् । डाक्टर केसीले माग पूरा नभएसम्म अनशन नटुंगिने अडान कायम राख्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुग्यो

५ असोज काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, चितवनका ५्र५ वर्षीय पुरुष र रुपन्देहीका ६७ वर्षीय पुरुषको […]

काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा संक्रमण

५ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ३८ संक्रमित थपिएका छन् भने ललितपुरमा ६२ संक्रमित थपिएका छन् । […]

थप एक हजार ३२५ मा सङ्क्रमण पुष्टि

४ असोज काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ । तेह्र दिन अघि कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण […]

काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति कोरोना संक्रमितको उपचारर हुँदै ?

४ असोज काठमाडौं – काठमाडौं उपत्यकाक अस्पतालहरुमामा भर्ना भएर उपचार गराउने कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका २२ वटा अस्पतालमा गरी २ हजार बढी कोरोना संक्रमित उपचाररत छन् । १ हजार ९ सय १५ जना आइसोलेसन, १ सय १० आइसियु र ३३ जना भेन्टिलेटरमा गरी २ हजार ५८ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या […]

दादुरा खोप लाएका बालबालिकामा दादुरा भेटियो, रुबेलाका बिरामी पनि भेटिए

४ असोज बैतडी – जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया […]

कोभिड १९ का लागि ‘कोरोनाभर’ औषधिलाई रुसी सरकारद्वारा स्वीकृति

४ असोज काठमाडौं – रुसले कोभिड १९ बाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । रुसले यसअघि ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो । जापानमा निर्माण भएको यो औषधी भाइरल […]

कोरोनाका कारण मृत्यु होनेको संख्या ४ सय नाघ्यो, १ हजार २ सय ४ जना नयाँ संक्रमित थपिए

३ असोज काठमाडौं – आज देशभर १ हजार २ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म कोरोनाका कारण मृत्यु […]