स्वास्थ्य
आज एकै दिन १ हजार २ सय २८ कोरोना संक्रमित थपिए
१८, भाद्र काठमाडौं -मुलुकमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय २८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका सङ्क्रमित ६ जना विचलित
१७ भाद्र काठमाडौँ – कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् । यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको गए राति […]
संक्रमितको संख्या तीब्र बढ्यो, १ हजार १ सय २० संक्रमित थपिए
१७, भाद्र काठमाडौं – मुलुकमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय २० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]
चितवनमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
चितवन – चितवनमा मंगलबार थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका २८ र अन्य विभिन्न जिल्लाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा। नितु अधिकारीले जानकारी दिइन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ […]
कोरोना कहर : पीसीआर टेष्ट रिपोर्ट नदेखाए कर्णाली प्रवेश निषेध
१६, भाद्र काठमाडौँ – कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि कर्णाली प्रवेश गर्ने जो कोही व्यक्तिले पिसिआर टेष्टको रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको […]
वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द
काठमाडौं – वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द हुने भएको छ ।कोरोना भाइरसको संक्रमण फैलिएपछि वीर अस्पतालले आज सूचना जारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जनाएको हो । अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ, भने ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । संक्रमित स्वास्थ्यकर्मीहरुको […]
देशभर पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा संक्रमण
काठमाडौं – मुलुकमा थप ९ सय २७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय २७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
झापामा कोरोना संक्रमित ८३ वर्षीय वृद्धको मृत्यु
झापा – कोरोना संक्रमण देखिएका कमल गाउँपालिका–३ का एक वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार बिहान सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए । ८३ वर्षीय ती वृद्धका दुवै मिर्गौला फेल भएको र लामो समयदेखि उपचारका क्रममा रहेको थुलुङले बताए। उनले विभिन्न अस्पतालमा उपचार गराइरहेका […]
४ भेन्टिलेटर, १० आइसीयू बेड निर्माणका लागि बजेट निकासा
९ भाद्र काठमाडौँ सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस (कोभिड१९)को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २२ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माण गर्नका लागि २२ करोड बजेट निकासा गरेको जनाएको छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा […]
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो
काठमाडौं – नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका १ जना, मोरङका १ जना, पर्साका १ जना, काठमाडौंका १ जना, रुपन्देहीका ४ जना छन् । मन्त्रालयका अनुसार कोरोना सक्रमण भई […]



