Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

आर्थिक

सरकारी कर्मचारीको तलब बढ्यो

१५ जेठ, काठमाडौं – सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । कोरोना-१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभएको हो  । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८र७९ को बजेटमा हाल दिइएको […]

खानेपानी तथा सरसफाइलाई ४३ अर्ब ५४ करोड, मेलम्चीमा अर्को परियोजना थपिने

१५ जेठ, काठमाडौं – सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम चालु आव हाराहारी नै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा ४३ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यस बजेटमा मेचम्ची आयोजनामा खर्च हुने थप रकम समेत समावेश छ […]

शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब रुपैयाँको बजेट, सेनेटरी प्याड वितरणमा ४ अर्ब

१५ जेठ काठमाडौँ –  सरकारले आउँदो आर्थिक वर्षको बजेटमा शिक्षातर्फ एक खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । शैक्षिक नतिजाको आधारमा विद्यालयलाई अनुदान दिइने पनि बजेटमा उल्लेख छ । यस्तै  तीन वर्षभित्र सबै कक्षाकोठामा प्रयोगशाला, खानेपानी लगायतका कार्यक्रम बजेटमा समावेश छन् । कक्षा नौ सम्मको पाठ्यक्रम रङ्गीन पानामा छपाइ गरिने भएको छ । […]

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

१५ जेठ, काठमाडौँ – सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएको छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएको र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री […]

बढ्यो कृषिको बजेट

१५ जेठ, काठमाडौं – सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित […]

गरिबी निवारण कोष खारेज

१५ जेठ, काठमाडौँ – सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । आर्थिक वर्ष २०७८र०७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोष खारेज भएको जानकारी गराउनुभएको हो । यस कोषअन्तर्गत रहेका सामुदायिक संस्थाहरूलाई सहकारीकरण गरिने अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो । गरिब परिचय पत्र बनाइ गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र […]

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

१५ जेठ, काठमाडौं – शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो  । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनु भएको हो  ।

सरकारले बृद्ध भत्ता बढायो

१५ जेठ, काठमाडौँ – सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ। आर्थिक वर्ष २०७८र७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो । आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भत्ता बढाइएको घोषणा गर्नुभएको हो । सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पुर्‍याएको छ । १० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता […]

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो

१५ जेठ, काठमाडौँ – सरकारले स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बरले बढेको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशतले बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ […]

महामारीका बेला जीवन रक्षा नै ठूलो प्राथमिकता– अर्थमन्त्री पौडेल

१५ जेठ, काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८र७९ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्बृतिमा गम्भीर असर परेको बताउनुभएको हो । “श्रमिकले काम र रोजगारी गुमाएका छन् । संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता […]