आर्थिक
एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटलबीच सम्झौता
काठमाडौं – नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडस्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत […]
बीमा बजारको नेतृत्व राष्ट्रिय बीमा कम्पनीले गर्नुपर्छ
१९ साउन, काठमाडौँ–राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई बीमा बजारको नेतृत्वदायी भुमिका खेल्न सरोकारवालाहरुले सुझाव दिएका छन् । कम्पनीको नौ औँ वार्षिकोत्सव समारोहमा बोल्ने अधिकांश वक्ताहरुले बीमा कम्पनीको कार्यशैलीमा सुधार ल्याउन आग्रह गरेका छन् । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्नु नै कम्पनीको उद्देश्य हुनुपर्ने बताएका हुन् । समारोहमा बोल्दै अर्थमन्त्रालयका […]
ऋण लिएर आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड रुपैयाँ
४ साउन, काठमाडौँ – नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन ९आईओसी०लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको छ । निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो । त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको […]
आर्थिक वर्ष सकिनु ३ दिनअघि स्वास्थ्यको बजेट रकमान्तर गरेर भ्रष्टाचार भयो : एमाले (विज्ञप्तिसहित)
३१ असार, काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले गठबन्धन सरकारले खोप वितरणमा लापरबाही र स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाएको छ । एमालेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभाग प्रमुखसमेत रहेका केन्द्रीय कमिटी सचिव योगेश भट्टराईले गठबन्धन सरकारको एक वर्ष खेर गएको टिप्पणी गरे । एमालेले आर्थिक वर्ष सकिन ३ दिन […]
नेप्सेमा सामान्य सुधार, ७ अंक बढ्दा डेढ अर्बको कारोबार
३१ असार, काठमाडौँ – आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएको समयमा केही अंकले घटे पनि अन्तिम समयमा ७ अंकले सुधार हुँदै नेप्से बढेर बन्द भएको हो । आज १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएर ४० लाख ५१ हजार कित्ता सेयर किनबेच भएको […]
विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत
३१ असार, काठमाडौँ – विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । नेपालमा कोरोना महामारीपछिको अवस्थालाई मध्यनजर गरेर विश्व […]
खुल्यो हिमालयन हाइड्रोपावरको आइपिओ
१५ असार, काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो। कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार […]
शेयर बजार ४१ अङ्कले बढ्यो, १ अर्ब ४३ करोड रुपैयाँको कारोबार
१५ असार, काठमाडौँ – लगातार दुई दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ६२ दशमलव ७१ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा व्यापार, जलविद्युत्, विकास बैंक, उत्पादन बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले […]
नेप्से परिसूचकमा जारी पहिरो रोकिएन
५ असार, काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको […]
प्रदेशलाई ६१ अर्ब ४३ र स्थानीय तहलाई १ खर्ब २३ करोड
१५ जेठ, काठमाडौं–सरकारले वित्तीय समानीकरण अनुदान तर्फबाट प्रदेशलाई ६१ अर्ब ४३ र स्थानीय तहलाई एक खर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आइतबार आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले उक्त जानकारी गराएका हुन्। यसैगरी, सरकालले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः ५७ अर्ब १७ करोड […]



