पत्रपत्रिका
चट्याङ लागेर दाङ र रुपन्देहीमा गरि ६ जनाको मृत्यु
सवाल सम्वाददाता काठमाडौँ-मंगलबार साँझ परेको चट्याङबाट राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। प्रहरीकाका अनुसार चारैजना बालक […]
धादिङको गल्छीमा जीप दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते
सवाल सम्वाददाता काठमाडौँ-जिल्लाको गल्छी गाउँपालिका ६ को बाझगाउँमा तरकारी बोकेको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जान घाइते भएको प्रहरीले जनाएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो । घाइतेको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर […]
आज १४ घण्टा सुर्य देख्न पाइने
काठमाडौं – जुन २१ तारिख। सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। […]
मोबाइलको विषयमा विवाद हुँदा पेटमा चक्कु प्रहार गरी युवकको हत्या प्रयास
काठमाडौं – बिहीबार दिउँसो १२ बजे जडीबुटीमा दोलखा घर भएका २४ वर्षीय सुभाष बुढाथोकीमाथि चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भई जडीबुटी बस्दै आएका डिम्पल घिसिङ र सिनामगंल घर भएका आशिष बयालकोटीलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख एलिजा गिरीको कमाण्डमा खटिएको टोलीले दिउँसो ४ बजेतिर लोकन्थलीबाट पक्राउ गरेको हो […]
रसुवागढीको सुरुङमा थुनिएका १७ जनाको सकुशल उद्धार
काठमाडौं । निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए । बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको […]
देशभर मनसुन फैलन एक हप्ता लाग्ने
काठमाडौं – नेपालमा मनसुन शुरु भएको छ । यो पटक औसत रुपमा १० दिन ढिला मनसुन शुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र त्यसका लागि १० दिन लाग्ने महाशाखाले जनाएको छ । देशभर मनसुन फैलन झण्डै १० […]
त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेको छ। शुक्रबार बिहान कपडाको झोलाले बेरेको शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका कार्यालय सरसफाइ गर्ने टोलीले उक्त वस्तु फेला परेको थियो। ‘बिहान कार्यालय वरिपरि सरसफाइ गर्ने टोलीले फेला पारेकार ‘बम हो कि के हो, त्यो थाहा पत्ता लाग्न सकेको छैन […]
सहकारीमार्फत करिब ८ लाख ठगी गरेर फरार रहेका एक व्यक्ति ३ वर्षपछि पक्राउ
सवाल सम्वाददाता काठमाडौँ- सहकारीमार्फत ८ लाख ४६ हजार ठगेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने रोशन श्रेष्ठ छन् । चावहिल शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरी ३३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका सम्बन्धमा […]
हत्या गरेर भारतमा लुकिछिपी बस्दै आएका अभियुक्त १२ वर्षपछि पक्राउ
पाल्पा – युवकको हत्या गरेर फरार रहेका अभियुक्त करिब १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१२ लुहुङका ३८ वर्षीय सुनित भन्ने टुकलाल भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भट्टराईलाई २०६४ भदौ २ मा पाल्पाको साविक दोभान गाविस(५ कदमबासस्थित खोलामा स्याङजाको साविक जगत्रदेवी गाविस–२ का २४ वर्षीय राजु न्यौपानेको हत्या […]
लोकसेवा आयोगको फारम भर्ने मिति १ साता थपियो
काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहको पदपुर्तीका लागि प्रकाशित गरेको विज्ञापनमा आवेदन दिने समय १ साता थप गरेको छ । आयोगको मंगलबार बसेको बैठकले फारम भर्नेको संख्या अत्यधिक बढेपछि असार १० गतेसम्म समय थप गर्ने निर्णय गरेको हो । आयोगले असार १७ गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिने समेत जानकारी दिएको छ । यस अघि […]



