Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

दक्षिण कोरियाली राजदूतलाई नेपाली कामदार लैजान आग्रह

१४ साउन, काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । कोभिड–१९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको […]

तीन दलबाट को को बन्दैछन् मन्त्री ?

१३ साउन, काठमाडौँ – नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री सचिवालयका अनुसार यही शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले […]

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

१३ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि […]

विद्यालयकै सिफारिसमा गैरशिक्षकलाई खोप

१३ साउन, काठमाडौँ – इलाम सदरमुकामस्थित आर्दश माविका प्रधानध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठ मंगलबार इलाम नगरपालिका ७ को सिटी हल खोपकेन्द्रमा खोप लगाए । प्रध्यानध्यापक पौडेलकै हस्ताक्षर, छापा र विद्यालयको छापसमेत रहेको दुवैजनाको फरकफरक सिफारिसपत्रमा निजी स्रोत शिक्षक उल्लेख छ । तर उनीहरु दुवै विद्यालयका शिक्षिका होइनन् । विद्यालयले यसअघि […]

झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव

१३ साउन, काठमाडौँ – प्रमुख विपक्षी नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष […]

बढ्दै रेमिट्यान्स

१३ साउन, काठमाडौँ – कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन।  ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ। छिटफुट संख्यामा केही युवा वैदेशिक रोजगारीमा जान सफल भए पनि अधिकांश गन्तव्य मुलुकले रोजगारीका लागि श्रमिकलाई  बोलाएको छैन। कोभिड अघिसम्म बर्सेनि ५ लाख […]

ओलीको भाउँतोमा लाग्दा महन्थ–राजेन्द्रको बेहाल

१३ साउन, काठमाडौँ – केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उहाँहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लाग्नुभएको थियो । तर, न दिएको साथ काम लाग्यो, न आफूले केही पाउन सकियो । बरु, भएको पार्टी, सांसद पददेखि जीवनको उत्तराद्र्धमा सिंगो राजनीतिक जीवनमाथि प्रश्न […]

डोरमणिलाई पर्सिसम्मको भाका

१३  साउन, काठमाडौँ – केन्द्रमा एमाले विवाद कचल्टिँदै जाँदा बाग्मती प्रदेशमा भने एकताको नयाँ प्रयास शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भुइँको टिप्न खोज्दा पोल्टाको समेत पोख्नुभएको खराब अवस्थालाई हेरिरहेका बागमती प्रदेशसभाका एमाले सांसदहरूले गण्डकीको हालत नव्यहोर्न आफैँभित्र समस्याको समाधान खोजेका छन् । हालैको छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मुख्यमन्त्री डोरमणि […]

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

१३ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि […]

भत्ताको सास्ती

१३ साउन, काठमाडौँ – सरकारले वृद्धवृद्धाको ‘सामाजिक सुरक्षा’का लागि भत्ता दिँदै आएको छ। समयानुकूल बढाउँदै पनि लगेको छ। तर, त्यही भत्ता लिन बैंक पुग्दा कतिपय बुवा–आमाले भोग्ने सास्ती भने देखेको छैन। गाउँतिर बैंक टाढा हुन्छ। हिँडेर जानुपर्छ। सबैको लिने याम एउटै हुन्छ। बैंक गयो, भीड हुन्छ। कोरोनाको यस्तो महामारीमा ठेलमठेल चल्छ। कसरी जोगिने, त्राहिमाम हुन्छ। […]