राजनीति
हतारमा पुरानो मितिमा राजपत्र छापेर सरकारले फेरि किर्ते गर्यो : योगेश भट्टराई
९ माघ काठमाडौँ – कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले सरकारले हतार हतारमा पुरानो मितिमा राजपत्र छापेर ल्याएर किर्ते काम गरेको आरोप लगाएका छन् । शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै नेता भट्टराईले सरकारले संविधानको कुनै धारा उल्लेख नगरी विघटनको चिठि गएको र अदालतमा प्रश्न उठेपछि चिठी गायब पारिएको समेत बताएका छन् । उनले […]
प्रधानमन्त्री ओली भ्रष्टाचारमा लिप्त भएको नेता नेपालको आरोप
९ माघ काठमाडौँ – प्रधानमन्त्री भएर पनि केपी शर्मा ओली भ्रष्टाचारमा लिप्त भएको नेकपाका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् । केपी ओलीसँग नेकपा र आफूहरुले कहिल्यै नझुक्ने पनि नेता माधव नेपालले बताएका छन् । प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको पनि नेपालले आरोप लगाए । कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले संविधानको ध्वंस गर्ने […]
तीन वर्षमा पनि केपी ओलीलाई तह लगाउन सकिएन : प्रचण्ड
९ माघ काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ वर्षमा केपी शर्मा ओलीलाई आफूहरुले तह लगाउन नसकेको बताएका छन् । आफूले धेरै प्रयास गरे पनि उनी नसच्चिएको भन्दै अहिलेको अवस्था आउनुमा आफ्नो पनि भूल भएको प्रचण्डले स्वीकार गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले आज राजधानीमा गरेको विरोध सभालाई […]
केपी ओली साइबर स्यालहरुको नेता हुन् : नेता भुषाल
९ माघ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य घनश्याम भुषालले साइबर सेना भनिने साइबर स्याल मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको बताएका छन् । शुक्रबार (आज) संसद विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले साइबर स्याल मात्रै ओलीसँग भएको बताएका हुन् । ओली साइबर स्यालहरूको नेता भएको उनले जिकिर गरेका […]
नेकपा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन
९ माघ काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन राजधानी सुरू भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विरोध जुलुस निकालिएका कारण उपत्यकाका विभिन्न रूटमा ट्राफिक जाम हुनुका साथै अस्तव्यस्त देखिएको छ । विभिन्न ठाउँमा सवारी अँवागमन अवरूद्ध हुँदा सर्वसाधारण तथा नियमित काममा जाने यात्रुलाइ सास्ती भएको छ । […]
ओली निरन्तर संविधान कुल्चिन सक्रिय
७ माघ काठमाडौँ – नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात राजनीतिक दल राजाको निरंकुशताविरुद्ध सडक संघर्षमा थिए। प्रजातन्त्रमाथि पटकपटक राजाले आक्रमण गर्दा त्यसविरुद्ध संघर्षमा उत्रिएका दल र जनताले सडकमा गणतन्त्रको नारा लगाउन थालेका थिए। वर्तमान प्रधानमन्त्री एवं तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई विश्वास थिएन सात दलको सडक संघर्षबाट मुलुकमा गणतन्त्र स्थापना […]
ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय
३ माघ काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले संविधानविपरीत प्रतिनिधिसभा […]
आफ्नो भूमि फिर्ताका लागि नेपालका तर्फबाट पहिलो पटक भारतसँग औपचारिक प्रस्ताव
२ माघ काठमाडौँ – नेपाल–भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित दुईदेशबीच देखिएका सीमा समस्या समाधान गर्ने विषयमा छलफल भएको छ । शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा बसेको नेपाल–भारतको संयुक्त आयोग (जेएमसी)को छैटौं बैठकमा नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित सीमा विवादको प्रसंग उठाएको थियो । जवाफमा भारतले यी विषय प्राविधिक टोली मार्फत हल खोज्नुपर्ने बताएको थियो । कालापानी, […]
संवैधानिक इजलासमै न्यायाधीश थप गर्न एमिकस क्युरीको राय
२ माघ काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमै न्यायाधीश थप गर्न नेपाल बार एशोसिएसनको एमिकस क्युरीका एक सदस्यले राय दिएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका १३ वटा रिट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायायीशहरु सपना मल्ल प्रधान, तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज पनि बहस सुरु भएको छ । […]
म प्रधानमन्त्री बन्न राष्ट्रियसभामा रोजेको भन्ने कुरा गलत हो : बामदेव गौतम
२ माघ काठमाडौं – नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो बिकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले आफु प्रधानमन्त्री बन्न खोजेको र राष्ट्रियसभामा रोजेको भन्दै गलत प्रचार गरेको बताउनुभएको हो । उहाँले राष्ट्रियसभा प्रतिनिधिसभाको तुलनामा परिपक्व […]



