राजनीति
प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध चार उजुरी
३ कात्तिक काठमाडौँ – प्रस्तावित दुई राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नीतिगत भ्रष्टाचारको उजुरी परेको छ । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ । को विरूद्ध कति(कति उजुरी परेका हुन् खुलेको छैन । उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित […]
काँग्रेसका सबै सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न सभापति देउवाको निर्देशन
३ कात्तिक काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ । काँग्रेसको सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिनुभएको हो । काँग्रेस संसदीय […]
दसैंपछि सरकारविरुद्ध आन्दोलन हुन्छ : कांग्रेस
३० असोज काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै दसैंपछि कार्यक्रम बनाएरै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुलुकमा कोरोना महामारीको अवस्था भयाभह भइरहेको अवस्थामा समेत सरकार रोकथाम तथा नियत्रणका लागि भन्दा पनि भष्ट्राचारमा लिप्त भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभएको […]
यस पटकको दसैंमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाइदिने
३० असोज काठमाडौं – कोरोना भाइरसका कारण हरेक वर्ष विशिष्ठ व्यक्तिले सर्वसाधारणलाई लगाइदिदै आएको टीकाको कार्यक्रम स्थगित गरेका छन् । सरकारले आम नागरिकलाई नै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दसैं मनाउन र टीका ग्रहण गर्न भनिरहेकाले विशिष्ठ व्यक्तिले मापदण्डको पालना गर्दै सर्वसाधारणलाई लगाइदिने टीकाको कार्यक्रम स्थगित गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री […]
सरकारले विश्वविद्यालयलाई कम्युनिस्टकरण गरेको भन्दै त्रिविमा नेविसंघले गर्यो आन्दोलन
३० असाेज काठमाडौं – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय भएका विभिन्न घटनाक्रमलाई लिएर आन्दोलन गरेको छ । संघका पुर्व केन्द्रीय सदस्यहरु रत्नहरी ढुंगेल, जानुका पन्त , नवराज त्रिपाठी, त्रिवि पुर्व अध्यक्ष श्यामचन्द्र अधिकारी लगायत नेताहरुको उपस्थितिमा आन्दोलन भएको हो । त्रिवि गेटबाट मोटरसाइकल र्याली सहित गएका विद्यार्थीहरुले विश्वविद्यालय पदाधिकारी र सरकारका विरुद्ध नाराबाजी […]
‘९ अर्ब भ्रष्टाचार गर्यो’ भन्ने बाबुरामको अभिव्यक्ति गैरजिम्मेवार र निराधार : प्रधानमन्त्री ओली
३० असोज काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गर्नुभएको छ । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डा। भट्टराईको आरोप गैरजिम्मेवार र निराधार अभिव्यक्ति भएको उहाँले बताउनुभयो । ‘केही गैरजिम्मेवार तत्वहरू गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु […]
मानवअधिकार उल्लंघन गर्ने २ सय ८६ जनाको सूची सार्वजनिक
३० असोज काठमाडौँ – ‘यसअघि र यसपछिका पनि सबै सिफारिस सरकारले कार्यान्वयन गर्नुपर्छ, म त्यो गराएरै छाड्नेछु,’ २०७१ कात्तिक ३ गते मानवअधिकार आयोगको अध्यक्ष नियुक्त भएलगत्तै पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘कार्यान्वयन गराउन कसै गरे पनि सकिनछु भने आयोगसँग एक हतियार छ, त्यसको प्रयोग म गर्नेछु ।’ नभन्दै आफ्नो ६ वर्षे कार्यकालको अन्तिम […]
कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्री पौडेलको निर्देशन
२९ असोज काठमाडौँ – नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो पद बहालीपछि आज मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले अर्थतन्त्रलाई थप सबल बनाउनु्पर्ने भएकाले त्यसमा सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताउनुभयो […]
राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि
२९ असोज काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले ट्वीट गर्दै पीसीआर परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको बताउनुभएको छ । कोरोना महामारीबाट बच्न सवाधानी र सतर्कता राखेकै अवस्थामा सामान्य ठाउको दुखेपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभएको छ । उहाँले पछिल्लो समय भेटघाट गरेको सबैमा […]
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
२९ असोज काठमाडौं – बुधबार नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई मन्त्री नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो । उहाँ तीनै जनाले आज शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको […]



