राजनीति
नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न
२० असोज काठमाडौँ – नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक आज यहाँ सम्पन्न भएको छ । बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरि सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन बारे छलफल भएको बताइएको छ । यसका साथै बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार […]
ब’लात्कार र घरेलु हिंसाका घटना बढेको छ, यो चिन्ताको विषय हो : गृहमन्त्री थापा
१९ असोज काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताउनुभएको छ। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्याएको उल्लेख गर्नुभयो । मुलुकमा बाढी, पहिरो, डुबान र चट्याङलगायत घटनामा वर्षमा सरदर एक हजार व्यक्तिको मृत्यु […]
प्रदेश ५ सभामा कांग्रेस सांसदद्वारा तोडफोड
बुटवल, १९ असोज । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका छन् । प्रमूख प्रतिपक्षी दलका सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन् । कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएरहको बेला कांग्रेस सांसदले तोडफोड गरेर र हात हालाहालको स्थिति आएपछि मुख्यमन्त्री शंकर पोखरेल सभाबाट निस्किएका छन् ।
डा. केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न कांग्रेस सभापति देउवाको आग्रह
१८ असोज काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर जीवन रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सभापति देउवाले आज एक अपिल जारी गरी चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्नेसमेतका उहाँका माग केवल […]
वडाध्यक्षविरुद्ध मुद्दा
१८ असोज काठमाडौँ – सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी […]
कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द
१८ असोज काठमाडौँ – कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र […]
नेपाली कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण
असोज १८ गते काठमाडौं –नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाँले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराउनु भएको हो । नेपाली काँग्रेस निकटका २४१ जनाको स्वाब संकलन गरी जाँचका लागि पठाइएकोमा ७० जनाको रिपोर्ट आएको तर कसको पोजेटिभ वा नेगेटिभ आएको भन्ने कुरा स्वयंले घोषणा गर्ने नेपाली काँग्रेसका […]
मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई १५ लाख बढी राहत हस्तान्तरण
स्याङ्जा, १७ असोज । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिन अघी आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गर्नुभएको छ । मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका(१४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गर्नुभएको हो । राहत […]
संघीयता देशले धान्न सक्दैन खारेज गरौं : कांग्रेस नेता शाह
१७ असोज काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य एवम् बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले संघीयता देशले धान्न नसक्ने खुलासा गरेका छन् । आज प्रदेश पाँचको राजधानीको बारेमा सामाजिक संजालमा टिप्पणी गर्दै शाहले संघीयतालाई खारेज गर्न पनि सबै राजनीतिक दललाई आग्रह गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘लुम्बिनी र भालुभाङ सुरक्षित […]
प्रधानमन्त्री कार्यालयद्वारा राष्ट्रिय गौरवका आयोजनाप्रति चासो
असोज १७ काठमाडौं – करिब एक दशकदेखि सुरु भएको राष्ट्रिय गौरवका आयोजनाहरूको लक्षित प्रगति नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ती आयोजनाहरूप्रति चासो देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गौरवका आयोजनाका प्रमुखहरूलाई पालैपालो बोलाएर कामलाई निरन्तरता दिन र समयमै सक्न निर्देशन दिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा जडान गरिएको ‘एक्सन रुम’ बाट गौरवका […]



