राजनीति
सांगठनिक एकीकरणका निम्ति सुझाव पेस गर्न गठित नेकपा कार्यदल भंग
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकले सांगठनिक एकताका लागि गठन गरेको कार्यदल विघटन गरेको छ । आज बिहान बसेको सचिवालयको बैठकले एकीकरणका बाँकी काम सबै सचिवालयले हेर्ने गरी कार्यदल भंग गरेको हो । अब बाँकी काम सबै सचिवलालयले गृहकार्य गरेर प्रस्ताव सहित स्थायी कमिटिमा लैजाने छ । बिहीबार सचिवालय बेठकमा संयोजक […]
भाषा आयोगले पूर्णता पाएन
काठमाडौँ । स्थापनाको साढे दुई वर्ष बित्दा पनि भाषा आयोगले पूर्णता पाउन सकेको छैन । नेपालको संविधानले छ वर्षभित्र भाषासम्बन्धी सिफारिस बुझाउन आयोगलाई कार्यादेश दिएको छ । स्थापना हुँदा डा। लवदेव अवस्थी आयोगका अध्यक्षमा नियुक्त हुनुभएको थियो । सरकारले गत महिना आयोगको सदस्यमा उषा हमाललाई नियुक्त गरेको थियो । सात जना पदाधिकारी हुनुपर्ने आयोगले […]
एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य
काठमाडौं– एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोडभन्दा बढी लगानी गर्छ । राज्यको ठुलो लगानी हुने व्यक्ति निष्क्रय बनिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमै समस्या हुन्छ । पछिल्लो समय राजदूतलाई सक्रिय बनाउन परराष्ट्र मन्त्रालयले प्रयास थालेको छ । उनीहरुलाई देश हितमा क्रियाशील बनाउन परराष्ट्रले उनीहरुको मूल्यांकन प्रणाली अपनाएको छ । राजदूतलाई चौमासिक मूल्यांकन थालिएको छ । […]
सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार सतर्क, जुनसुकै बेला बन्द गर्ने चेतावनी
काठमाडौँ – सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ । सूचना तथा सञ्चार प्रविधि […]
कोइराला परिवारमाथि किन खनिए देउवा ?
काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ । देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए । कोइरालाले भने पार्टी सभापतिको अभिव्यक्ति […]
मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा
काठमाडौं – नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा […]
मन्त्री अधिकारीकै अगाडि सचिवले भने, भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवामा परेँ
काठमाडौँ – भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन् । गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो । मन्त्रालयमा बुधबार बिदाइ कार्यत्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री रवीन्द्र […]
कांग्रेस मुख्यालयमा हात हालाहालकाे स्थिति, उप सभापति निधि र सहमहामन्त्री महत विद्यार्थीमाथि जाइलागे
काठमाडौँ- नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेविसंघका कार्यकर्ता र पार्टीका नेताहरुबिच हातहालाहालको स्थिति सृजना भएको छ । नेपाल विद्यार्थी संघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियू सभापति ईकाई अध्यक्षलाई स्वतः केन्द्रिय प्रतिनीधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले आफ्नो निजि […]
रेग्मीले च्यातिन् संसद् बैठकमै नियमावली
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले स्थानीय पूवाधार विकास साझेदारी कायक्रम नियमावली २०७५ प्रकाशित भएको राजपत्रलाई संसद्मा च्यातेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नियमावलीको नियम ७ मा रहेको समितिको बैठकसम्बन्धी कायविधिको उपनियम ९४० मा ‘कायक्रम परामश समिति’को निणय सवसम्मतिबाट हुन नसकेमा संयोजकको निणय अन्तिम हुनेछ भन्ने व्यवस्था गरेको भन्दै राजपत्र च्यातेकी हुन्। चितवनबाट […]
सञ्चारमन्त्री फेरिदै, अन्य मन्त्रीहरुकाे पनि हेरफेरको तयारी
काठमाडौँ – एक वर्षअघि गठित केपी ओली सरकारका मन्त्रीहरु हेरफेरका निम्ति भित्री तयारी शुरु भएको छ । संसदको जारी हिउँदे अधिवेशनबाट केही विधेयक पास भइसकेपछि, अर्थात् अबको एक–डेढ महिनामा केही मन्त्री बिदा हुने भएका हुन् । को–को मन्त्री रहने, नयाँ को–को आउने हालसम्म तय भएको छैन । गत वर्ष फागुन ३ गते लालबाबु पण्डित, थममाया […]



